बैशाख २६, २०८१ बुधबार

अनारमनी पब्लिक क्याम्पसमा खेलकुद : हाजिरीजवाफदेखि म्याराथन प्रतियोगितासम्म

बिर्तामोड । झापाको बिर्तामोडस्थित अनारमनी पब्लिक क्याम्पसले तीन दिने खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
कोभिड महामारीपछि विधार्थी वर्गको आत्मबल उच्च बनाउन, विधार्थीको खेल प्रतिभा उजागर गर्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले जानकारी दिए ।

आज विहान पत्रकार सम्मेलन गर्दै अनारमनी पब्लिक क्याम्पस र बिर्तामोड नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा तीन दिने खेलकुद प्रतियोगिता सञ्चालनको तयारी गरिएको बताइएको छ ।

क्याम्पसले चैत ७ गतेदेखि ९ गतेसम्म अन्तर मावि/क्याम्पस भलिबल प्रतियोगिता, बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता र खुल्ला म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

चैत ७ गते विहान ७ः३० बजेदेखि खुल्ला म्याराथन आयोजना गरिने संयोजक अर्जुन मैनालीले जानकारी दिए । उनका अनुसार बिर्ताबजारस्थित दुर्गामन्दिर देखि पुरानो भद्रपुर रोड हुँदै मुक्ति चोकबाट दुर्गा मन्दिरसम्म दौड हुनेछ । म्याराथनको प्रथम पुरस्कार ७ हजार, दोस्रो ५ र तेस्रो ३ हजार रहेको मैनालीले जानकारी दिए ।

यस्तै, अन्तर मावि / क्याम्पस नकआउट भलिवल प्रतियोगिता चैत ७ गते विहान ७ बजेदखि १० बजेसम्म सञ्चालन गरिनेछ । सो प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार, दोस्रो २५ र तेस्रो १५ हजार रहेको क्याम्पस प्रमुख शिवाकोटीले जानकारी दिए । भलिवल प्रतियोगितामा छिमेकी पालिका मावि र क्याम्पसहरुले सहभागिता जनाउन सक्नेछन् ।

यस्तै, अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता ९ गते विहान ११ बजे देखि क्याम्पसको प्राङगणमा हुने छ । सो प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार र तेस्रो ५ हजार व्यवस्था गरिएको छ । १४ वर्षअघि समुदायस्तरबाट स्थापना भएको क्याम्पसमा हाल २४५ जना विधार्थी अध्ययनरत छन् । त्रिविको सम्बन्धनमा बिबिएस अध्यापन भइरहेको प्रमुख शिवाकोटीको भनाई छ ।

प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]