जेष्ठ ८, २०८२ बुधबार

आजदेखि म्यादी प्रहरीमा आवेदन दिन पाइने

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्यादी प्रहरीकाे भर्ना खुलेको छ ।

आजदेखि ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ ।

४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ ।

म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।

स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।

प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]