जेष्ठ ५, २०८१ शनिबार

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । शनिवार काठमाडौँको उच्चतम तापक्रम ३१‍.५ डिग्री सेल्सियस पुगेको थियो । सबैभन्दा उच्च तापक्रम भने धरानमा ३६.७ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै विराटनगरमा ३६.६ डिग्री सेल्सियस तथा भैरहवामा ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

आइतबार सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार भने देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]