जेष्ठ ५, २०८१ शनिबार

राप्रपा झापाका उपाध्यक्ष खरेलद्वारा पार्टी परित्यागको घोषणा

बिर्तामोड । राप्रपा झापाका वरिष्ठ उपाध्यक्ष कमल खरेलले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, दुःखद पनि हुन सक्छ । तर खुशी पनि हुन सक्छ । सबैमा सबैलाई आजबाट म राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा राप्रपाको साधारण सदस्यसम्म नरहने सबैमा जानकारी गर्दछु ।

झापामा राप्रपाका प्रभावशाली नेता मानिएका खरेलको पार्टी परित्यागको घोषणाले राप्रपामा तरंग मच्चिएको छ । खरेल १० वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए । दुई कार्यकाल राप्रपा झापाको उपाध्यक्ष पद्मा रहेर काम गरेको बताउँदै उनले राजनीति सक्रियता भने रहि रहने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनका विश्वास पात्र मानिने खरेलको पार्टी परित्यागको घोषणाले ठुलो क्षति भएको राप्रपा बृत्तमा चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]