जेष्ठ ८, २०८२ बुधबार

झलनाथको क्षेत्रमा १७ सय जना एमाले प्रवेश

फिक्कल । विभिन्न पार्टी परित्याग गरी इलामको फिक्कलमा १७ सय जना नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले आज इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका हुन् ।

इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य अग्नि खरेलसहित अध्यक्ष ओली इलाम पुगेका हुन् ।

१७ सय बाहेक पार्टी प्रवेश गर्नेको संख्या धेरै भएपछि अन्य कार्यक्रमबाट पार्टी प्रवेश गराउने भन्दै अध्यक्ष ओलीलाई सम्बोधन गर्न दिइएको छ । झलनाथ खनालको निर्वाचन क्षेत्रमा उनका समर्थकहरु समेत एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार  २ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]