जेष्ठ ५, २०८१ शनिबार

अग्रज मारवाडी महिला निर्मला जोशी एमालेमा प्रवेश

भद्रपुर । झापाका अग्रज पत्रकार, अन्वेषक, साहित्यकार स्व. एसएल शर्माकी सुपुत्री निर्मला जोशी नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् ।

खुला रुपमा कुनै राजनीतिक दलमा अहिलेसम्म नलागेकी सामाजिक अभियन्ता, शिक्षासेवी जोशीले आज इलाममा आयोजित नेकपा (एमाले)–को बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका बीच आफूले औपचारिक रुपमा नेकपा (एमाले) रोजेको घोषणा गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोशीलाई टिका–खादा पहिर्याएर पार्टीमा स्वागत गरेका छन् ।
नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष जोशीले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यसहित अघि सारेका कार्ययोजनाहरु मन परेर सो पार्टी रोजेको प्रतिक्रिया दिएकी छिन् ।

प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]