जेष्ठ ५, २०८१ शनिबार

क्लिन झापाद्वारा भद्रपुरमा सरसफाइ सचेतना कार्यक्रमलाई निरन्तरता

रोहित काफ्ले
भद्रपुर । सरसफाई तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले झापाको भद्रपुर नगरपालिकामा सरसफाइ सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गत वर्ष भद्रपुरको केही वडामा कार्यक्रम गरिएपछि कोरोना भाइरसको तेस्रो लहरका कारण रोकिएको कार्यक्रमलाई सोमबारदेखि निरन्तरता दिइएको क्लिन झापाका सचिव तथा सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले जानकारी दिए । सोमबार भद्रपुर वडा नं १० अन्तर्गत कलबलगुरीमा सचेतना कार्यक्रम गरिएको छ । क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा १० नं वडा सदस्य तुलसीप्रसाद पोखरेलले कार्यक्रम उद्घाटन गरेका थिए ।

‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाईमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक सो कार्यक्रममा सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा’ र ‘पूर्ण सरसफाई’ तथा अध्यक्ष उपाध्यायले खानेपानी तथा फोहोरमैला व्यवस्थापन विषयमा प्रस्तुति दिए ।

भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सचेतना कार्यक्रम भद्रपुरका अझै ११ स्थानमा सञ्चालनमा गरिने सचिव न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]