जेष्ठ ७, २०८२ मंगलबार

सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप सम्बन्धी अभिमुखीकरण

बिर्तामोड । नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप २०३० सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको नगरप्रमुख ध्रवकुमार शिवाकोटीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले गर्भदेखि नै रेखदेख गर्दामात्र आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो हुने भएकोले सबै सचेत रहन आग्रह गरे ।

उनले जनप्रतिनिधि आएदेखि बिर्तामोडमा गर्भवति महिलाहरुको लागि आवश्यक परामर्शका साथै निशुल्क क्याल्सियम वितरण गर्दै आएको जानकारी दिएका छन् । चेतना अभावकाकारण धैरै महिलाहरु असुरक्षित बन्ने गरेको भन्दै उनले सचेतनामुलक कार्यक्रमहरुलाई अझै बढाएर लैजानु पर्नेमा जोड दिए । गर्भवति भएको थाहा पाउने वित्तिकै नगरको स्वास्थ्य शाखामा जानकारी गराएर आवश्यक परामर्श,औषधीका साथै सुरक्षित प्रसुतिको सेवा लिन नगरप्रमुख शिवाकोटीले सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा सुरक्षित सुत्केरी सेवा, बच्चालाई गर्नुपर्ने रेखदेख, गर्भवति महिलाहरुले पाउँदै आएको सेवा सुविधा र अव गर्नुपर्ने काम, कर्तव्र्यका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरुको लागि आयोजना गरिएको उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजिव विष्ट, अस्पताल नर्स निरीक्षक संगिता अधिकारी र सिनियर अहेव अधिकृत दिपक सापकोटाले गरेका थिए ।

बिर्तामोड नगरपालिकाले सुत्केरी महिलालाई घरमै गएर गरिने जाँच सेवा पिएनसी होम भिजिट कार्यक्रम यस अघि नै शुरु गरेको छ । यस्तै सुरक्षित गर्भपतन सेवा पनि नियमित रुपमा नगर अस्पताल अनारमनीबाट दिँदै आएको जनाइएको छ ।

प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]