जेष्ठ ६, २०८१ आईतबार

कोरिया काण्डको सत्यतथ्य बाहिर ल्याऊ

सम्पादकीय
झापाको कनकाई नगरपालिका अहिले कोरिया काण्डले तातेको छ । देशकै स्मार्ट मेयरको पहिचान बनाएका राजेन्द्र पोखरेल यतिवेला कोरिया काण्ड फस्र्याउन दौडधुप गरिरहेका छन् । कोरिया काण्ड बारे छताछुल्ल भएपछि मात्रै मिडियाको महत्व बुझेका कनकाईका मेयर पत्रकारहरुलाई घर मै बोलाएर सरसल्लाह लिइरहेका छन् । घटना बाहिर आइसकेपछि पत्रकारहरुले पनि बलियो गरि सल्लाह समेत दिन सकेका छैनन् । आफ्ना निकट मानिएका पत्रकार नै असहयोगी भएपछि कोरिया काण्डले मेयर सावलाई तनावमाथि तनाव थपिरहेको छ ।

नगरभित्रका कृषकलाई कृषि कार्य सिकाईका लागि कोरिया पठाउने काममा कनकाई नगरपालिका चुकिसकेको छ । किनभने, कनकाईले जब कोरिया जाने व्यक्तिहरुमा छनोट मै त्रुटि गरिसकेको थियो । आफ्ना निकटका केहि युवा परिचालन गरेर युवाहरुलाई कोरियाका लागि छनौट गरिएको थियो । उनीहरुबाट मौकामा चौका हान्न नगरपालिकाले छिड्केनीबाट बिड इन्टरनेशनललाई छिराएको थियो । सोझै पैसा लिन नमिल्ने भएपछि बिड मार्फट अनियमिता गरेको स्पष्ट भएको छ । बिड कुन प्रक्रियाबाट कोरिया पठाउने काममा नगरसँग संलग्न गरियो ? यसको जवाफ अहिलेसम्म नगरपालिकाले दिन सकेको छैन । अझ, लालपर्जा राखेको विषय क्षम्य छैन ।

बेलाबेला साइकल चढेर चर्चामा आउने मेयर पोखरेल गाडिको अभावले साइकल चढेका हौइनन् । धनाढ्य मेयर पोखरेललाई साइकल चढ्नुपर्ने बाध्यता पनि होइन । उनी मेयर बन्नुभन्दा पहिले पनि निजी सवारी मै चढ्ने । ठेक्कापट्टालाई मुख्य व्यवसाय बनाएर काम गर्दै आएका मेयरलाई कोरिया काण्डले नमज्जा बनाएको छ । उनले विभिन्न तर्क, कुतर्क गरेर काण्ड ढाकछोप गर्ने प्रयास गरे । तर, आम नागरिक सामु कोरिया प्रकरणमा अनियमितता गरेको छर्लङ्ग छ । यदि होइन भने, कनकाईले सम्बन्धित निकायलाई छानविनका लागि माग गर्नुपर्छ । र, यो घटनाको सत्यतथ्य बाहिर ल्याउनै पर्छ ।

प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]