जेष्ठ ५, २०८१ शनिबार

म्यादी बन्न झापामा ८ हजारको आवेदन

बिर्तामोड । झापामा माग संख्याभन्दा तीन गुणा बढीले म्यादी प्रहरीका लागि आवेदन फारम भरेका छन् । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले चैत ६ गतेदेखि ११ गतेसम्म खुलाएको म्यादी प्रहरी भर्नामा झापामा ८ हजार ४३९ जनाले आवेदन फारम भरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । जसमा १ हजार ९८६ महिला र ६ हजार ४५३ पुरुष रहेका छन् ।

पहिलो दिन ४१२, दोस्रो दिन ९८०, तेस्रो दिन २३०२, चौथो दिन १६४१, पाँचौँ दिन १७८१ र अन्तिम दिन १३२३ जनाले दर्ता गराएको उनले बताए ।
झापामा २ हजार ७ सय ६४ म्यादी प्रहरी माग संख्या तोकिएको छ । जिल्लाका १५ वटै स्थानीय तहबाट आएका विद्यार्थी, कृषक, मजदुरदेखि पूर्व प्रहरी कर्मचारीहरूले उत्साहका साथ म्याद प्रहरीमा दरखास्त दिएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
दरखास्त परेकाहरूको छनोट प्रक्रियाको काम सुरु भइसकेको बताउँदै एसपी पोखरेलले भने, ‘चैत २२ गतेसम्म छनोटमा परेकाहरूको मौखिक र लिखित परीक्षा गरी अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा प्रहरी कर्मचारी लागि परेका छन् ।’

माग बमोजिमको संख्या छनोट भएपछि मात्र म्यादी प्रहरीलाई तालिम प्रक्रियामा लैजाने उनले भने । म्यादी प्रहरीले ४० कार्य दिनको तलब ३० हजार २४० रुपैयाँ, राशन भत्ता ७ हजार २०० रुपैयाँ र पोसाक भत्ता ६ हजार गरी जम्मा ४३ हजार चार सय ४० रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : चैत्र १३, २०७८ आईतबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]