जेष्ठ ७, २०८२ मंगलबार

दमकमा खाना महोत्सव सुरु

दमक – यही चैत २३ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ‘आठाँैं खाना महोत्सव’का लागि तयारी तीव्र पारिएको छ । होटल व्यवसायी सङ्घ जिल्ला शाखाले प्रत्येक वर्ष गर्दै आएको उक्त महोत्सव यस वर्ष पनि सात दिनसम्म आयोजना गरिने भएको महोत्सव आयोजक समितिका संयोजक भूपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

स्थानीय आदिवासी र जनजातिका परम्परागत तथा मौलिक खानेकुराको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बू, राई, नेवारीलगायत जातजातिका खानेकुराको तीन दर्जनभन्दा बढी व्यावसायिक स्टल राखिने छन् ।

दमक–७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिने सो महोत्सवमा दैनिक स्थानीय जातजातिको परम्परागत नृत्यसँगै राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने सङ्घका अध्यक्ष योगराज दङ्गालले जानकारी दिनुभयो । महोत्सवले दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सव एक लाख जनाभन्दा बढीले अवलोकन गर्ने र करिब रु २५ लाखभन्दा बढीको आर्थिक करोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]