झापाको मतदाता संख्या ६ लाख ४६ हजार २३४
बिर्तामोड । झापाको कुल मतदाता संख्या घटेको छ । आइतवार निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा झापाको संख्या ६ लाख ४६ हजार २३४ जना मतदाता सार्वजनिक गरिएको छ ।
निर्वाचन कार्यलय झापाले यसअघि ६ लाख ५० हजार २ सय ५८ जना मतदाता रहेको उल्लेख गरेको थियो । कार्यालयले अध्यावधिकपछि आयोगले मतदाता संख्या सार्वजनिक गर्दा ४ हजार २४ जना कम आएको छ ।
निर्वाचन आयोगका अनुसार ३ लाख २१ हजार ५२० जना पुरुष, ३ लाख २४ हजार ७०५ जना महिला र ९ जना अन्य रहेका छन् ।
झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । मेचीनगरमा ४५ हजार ११२ जना पुरुषसहित ९० हजार २०२ जना मतदाता रहेको आयोगले जनाएको छ । झापामा २८६ मतदान केन्द्र र ७५५ मतदान स्थल रहेका छन् ।

