बैशाख २२, २०८१ शनिबार

निर्वाचनका बेला पत्रकारले आचारसंहिता पालनामा जोड दिनुपर्छ : गाउँले

बिर्तामोड । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना संचारकर्मीको सहभागिता रहेको थियो ।
महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अनलाइन खवरका प्रधान सम्पादक शिव गाउँलेले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण उद्घाटन समारोहमा पूर्व अध्यक्ष चिन्तामणी दाहाल, फोनिजका निवर्तमान प्रदेश इञ्चार्ज दिपीन राई, नेपाल प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टरका जिल्ला सचिव उद्धव पुरी, संघीय प्रेस मञ्चका अध्यक्ष दिलकुमार लावतीले शुभकामना मन्तव्य राखेका थिए ।

खोज पत्रकारिता केन्द्रका पूर्व सम्पादक समेत रहेका प्रशिक्षक गाउँलेले अहिलेसम्म नलेखिएका विषयमा खोज मुलक समाचार लेख्नु पर्नेमा जोड दिए । उनले पत्रकार आचासंहिता र निर्वाचन आयोगले जारी गरेको आचार संहितालाई अनिवार्य रुपमा पालना गर्नु पर्ने बताए ।

आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई नहुने भन्दै गाउँलेले उजुरी पर्ने हो भने आचारसंहिता उल्लङ्घन गर्नेहरु सबै दण्डित हुने बताए ।
गाउँलेले पत्रकारले अहिलेसम्म नलेखेका विषयमा प्रष्ट्याएका थिए । उनले निर्वाचनका बेला समाचार लेख्दा ध्यान पुर्याउनुपर्ने विषय, लेख्नुपर्ने विषय र लेख्न नहुने विषय सहभागीलाई जानकारी गराए । निर्वाचनका बेला आचारसंहिता पालनामा अझ विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।

सहभागीले आसन्न निर्वाचनका सन्दर्भमा प्रशिक्षण प्रभावकारी भएको र आफ्नो पत्रकारिताको मूल्यांकन गर्ने अवसरसंगै नयाँढंगले अघि बढ्नका लागि ज्ञान सीप हासिल भएको बताए ।

गाउँलेको हेराईमा मिडियाले के लेखेनन् ?
बहुमतको दुरुपयोग सम्बन्धी राम्रा स्टोरी लेखिएनन् । वडा अध्यक्षहरु दबाबमा छन् : उनीहरुका सम्बन्धमा गतिला स्टोरी लेखिएनन् । बनेका धेरै कानुनहरु कार्यन्वयनमा छैनन् भन्नेबारे लेखिएन । महानगरपालिका माथिको आकर्षण पनि लेखिएन । गाउँपालिका÷नगरपालिकाले सिमान्तकृत, अल्पसंख्यक र उत्पीडित समुदायका लागि बिशेष के कार्यक्रम गरे ? आयआर्जन, सिलाईबुनाइ हैन कि बजेटको कति प्रतिसत हिस्सा उनीहरुका लागि खर्च भयो भनेर हामीले खोजेनौ ।

ऐन, नियम मार्फत संघ र प्रदेशको थिचोमिचो , करका दरमा , अधिकार पनि दुरुपयोग पनि लगायतका विषयमा पत्रकारको ध्यान पुगेन ।
गाउँलेको प्रश्न छ – उपमेयर पदलाई अलिबढि ‘ग्ल्यामर’ बनार्यौ कि हामीले ? लोकतन्त्र तलसम्म पुग्यो कि पुगेन ? ‘स्थानीय निकाय’ बाट ‘स्थानीय तह’ अझ ‘स्थानीय सरकार’ हुँदाका संक्रमणहरु बारे हामीले पाठक, दर्शक र स्रोतालाई राम्ररी बुझाएनौ कि ? स्थानीय सरकारमा निर्वाचित भएका दलित प्रतिनिधिहरुको हालत के छ ? उनीहरुले स्थानीय सरकारमा आफुहरु हुनु नहुनुको कुनै अर्थ थाहा पाए ? कुनै परिर्वतन आयो ? आत्माविश्वास बढाउने कुनै काम भयो ? उनीहरुको मुद्धाले कुनै प्राथमिकता पायो ? स्वार्थ बाझिने बिषयमा हामीले कति गतिलो गरी स्टोरी ग¥र्यौ ? जनताको घर दैलोको सरकारले गाउँ गाउँमा कस्तो न्याय व्यवस्था बसायो त ? अथवा उनीहरुलाई न्याय व्यवस्था हाम्रो पहुँचमा आयो भन्ने भयो ?

प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]