बैशाख २४, २०८१ सोमबार

स्वास्थ्य सेविकालाई साइकल र कृषकलाई स्प्रे ट्यांकी वितरण

शिवसताक्षी । झापा शिवसताक्षीका स्वास्थ्य सेविकालाई साइकल तथा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडाले कार्यक्रमा नौमति बाजा पनि वितरण गरेको थियो ।

शिवताक्षीको वडा नं. ८ को कार्यालयले वडाका ५ जना स्वयमसेविका २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल तथा ८५ जना कृषकलाई स्प्रे ट्यांकी, एक सेट नौमति बाजा वितरण गरिएको हो । साइकल तथा स्प्रे टंयाकी शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा हातबाट वितरण गरिएको थियो । साइकल प्राप्त गर्ने स्वयमसेवीहरुमा तुलसादेवी घिमिरे, हर्कमाया चेम्जोङ्ग, मेनुका शिवाकोटी, तारा सापकोटा, ब्रिन्दा पोख्रेलरहेका छन् ।

वडाको सिलिङ्ग बजेट २ लाख ५० हजारको लागतमा साईकल र नौमति बाजा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाका अनुसार १ लाखमा स्प्रे ट्यांकी वितरण गरिएको हो । वडा कार्यालयले वडाका ५ घर बराबर १ ट्यांकी वितरण गरेको हो । यस अघि नै शिवसताक्षी ८ स्थित झिलझिले माध्यमिक विद्यायलका गरिब तथा जेहेन्दार विद्यार्थीलाई २ ओटा साइकल वितरण गरिएको वडा कार्यालयले जनाएका छ । कार्यक्रममा वडा कार्यलयले वडा नं. ८ ज्येष्ठ नागरिक मित्रलाल सन्यासी गिरीलाई सम्मान गरिएको थियो । उनलाई नगर प्रमुख चन्द्रकुमार सेर्मा र वडाध्यक्ष केयरसिंह बस्नेतले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख शेर्माले कृषकलाई अति आवश्यक पर्ने स्प्रे टंयाकी कृषि उपज उत्पादनमा सहयोग गर्ने बताए । नगरको मुख्य आय श्रोत नै कृषि भएकाले कृषकलाई प्राथमिकतामा राखी नगरले काम गर्दै आएको उनको भनाई थियो । उनले वडा कार्यलयहरुले यस अघि भाडाको घरमा साघुँरो स्थानमा बसेर सेवा दिदै आएपनि हाल शिवसताक्षीको ९ र १० नं. वडा बाहेक अन्य वडाहरुले आफ्नै भवन निर्माण गरी काम सुचारु गरेको जानकारी दिए । वडा नं. ९ र १० वडा कार्यालयको भवन निर्माणका लागि पनि ठ्क्का लाग्ने प्रकृया सुरु भएको बताए ।
नगरमा गएको पाँच वर्षमा सबै वडाहरुका पुल, कल्भड र बाटाहरु ग्राभेलको काम भइ सकिएको छ । उनले भने, अव नगरपालिका नगर भित्रका बाटाहरु कालो पत्रे गर्ने चरणमा पुगेको छ । उनले जनप्रतिनिधि आउनु अघि र जनप्रतिनिध भएपछि अवस्था हेरी दिन समेत सबै नगरबासीलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष केयरसिंह बस्नेतले वडा नं. ८ ले वडामा धेरै कामहरु गरेको जानकारी दिए । उनले वर्षेनी वडाको बजेटबाट ज्येष्ठ नागरिक र कृषकलाई पहिलो प्राथमिकतामा राखी काम गरेको बताए ।

शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले शिवसताक्षी नगरपालिकाहरुका अन्य वडा भन्दा वडा नं. ८ ले केही पृथक काम गरेको भन्दै प्रशंसा गरे । उनले भने नगरका वडाहरु सबैले राम्रैकाम गरेका छन् । त्यस मध्येमा पनि वडा नं. ८ले ज्येष्ठ नागरिक र कृषकका लागि अलि बढी प्राथमिकतामा राखेर काम गरेको छ, यो प्रशंसनिय हो ।

कार्यक्रममा वडा सदस्य चन्द्र लावती, भानु माध्यमिक विद्यालयका प्र.अ. डामकुमार कुवँर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडाका कर्मचारी कुमारसिंह साँवाले गरेका थिए ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]