बैशाख २२, २०८१ शनिबार

देशभरका पालिका अध्यक्षसँग ओलीले आजै अन्तरक्रिया गर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा सबै पालिकाका अध्यक्षहरुसँग अन्तरक्रिया गर्दैहुनुहुन्छ ।

दिउसो १ बजे देखि करिब ३ घण्टा स्थानीय निर्वाचनको पालिकास्तरको तयारी,घोषणा पत्रमा समेट्नु पर्ने विषयवश्तु आदिका बारेमा पालिका अध्यक्षहरुको सुझाव पनि अध्यक्ष ओलीले सुन्ने समय तय गरिएको छ । आजको भर्चुअल बैठकमा स्थयी कमिटीका सदस्यहरु,घोषणा पत्र तयारी समितीका सदस्यहरु,पार्टीक जिल्ला अध्यक्ष र प्रदेश कमिटीका पदाधिकारी समेत सहभागी हुने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

भर्चुअल बैठकमा समितीले तयार गरेको घोषणा पत्रको अवधारणा पूर्व अर्थमन्त्री युवराज खतिवडा र पुनर्निमार्ण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशिल ज्ञवालीले प्रष्तुत गर्नुहुने छ । भर्चुअल बैठक कहाँबाट गर्ने भन्ने बारे अहिले यकिन भइनसकेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]