जेष्ठ ५, २०८१ शनिबार

उर्जा – द ट्रेनिङ फर इन्टरपेजरशिपमा झापा आउँदै बालेन

बिर्तामोड । झापाको बिर्तामोडमा चर्चित ¥यापर बालेन शाह आउने भएका छन् । तीन दिवसीय उर्जा– द ट्रेनिङ फर इन्टरपेजरशिप कार्यक्रममा सहभागी हुन बालेन बिर्तामोड आउन लागेका हुन् ।

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिले चैत २०, २१ र २२ गते चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजना गर्ने सो कार्यक्रममा बालेनसहित सफल व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेशनल स्पीकर रोहित मल्ल, सोसियल इन्टरपेन प्रकृती मैनाली सहजीकरणका लागि आउने आयोजक संस्थाका प्रवन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

??????

रोजगारीको खोजीमा बिदेश पलायन हुने युवालाई स्वदेश मै रोजगारी दिएर होस या सुझाव दिएर ‘नेपालमै गर्न खोजे धेरै गर्न सकिन्छ’ भन्ने उदाहरण बन्न चहान्छौ, पुडासैनीले भने ।

युवा वर्गमा बढ्दै गएको उधमशिलताको आकांक्षालाई सहयोग गर्न सफल युवाहरुलाई आमन्त्रण गरिएको उनको भनाई छ । उक्त तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने अथवा जो कोही सो बिषयमा जानकारी लिन इच्छुकहरुले सहभागिता जनाउन सक्ने छन् । सेमिनारमा झापा तथा आसपासका जिल्लाका ५ सय युवालाई सहभागी गराउने लक्ष्य राखिएको छ ।

सेमिनारको मुख्य उद्येश्य युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्ता व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्ने बताइएको छ । पुडासैनीले भने, स्टाट अप बिजनेश के हो र कसरी गर्न सकिन्छ, सेयर मार्केटको भविष्य कस्तो छ भन्ने बिषयमा समेत सेमिनार केन्द्रित रहनेछ ।

एक दर्जन व्यवसायको सफल नेतृत्व गरिहेको कम्पनीले युवा वर्गलाई समेत व्यापारमा जोड्ने प्रयासका रुपमा कार्यक्रमलाई अघि सारेको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  ५ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]