जेष्ठ ५, २०८१ शनिबार

भद्रपुरको मेयरमा एमालेबाट तीन दावेदार

बिर्तामोड । नेपालकै पुरानो नगरपालिका भद्रपुरमा स्थानीय तह निर्वाचनको माहोल तातिएको छ । कांग्रेस, एमालेसहितका दलहरु चुनावी घरदैलो अभियानमा हिडिरहेका छन् ।

सबै जसो दलमा उम्मेद्वार सिफारिसको चटारो छ । भद्रपुर नगरपालिकामा बहुमत रहेको नेकपा एमालेमा आकांक्षीहरु टिकटका लागि माथिल्लो नेतृत्वसँग परामर्श गरिरहेका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृह नगरमा अघिल्लो स्थानीय चुनाव एमालेका जीवन श्रेष्ठले जितेका थिए । नेपाली कांग्रेसका गणेश पोखरेल ३८ सय २७ मत अन्तरले पराजित भएका थिए । ०७४ को निर्वाचनमा श्रेष्ठले ११ हजार ४२ मत प्राप्त गरेका थिए ।
०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले फेरि बहुमत नगुमाउने योजनाका साथ लागेको नेताहरु बताउँछन् ।
बहुमत पाएको एमालेबाट भद्रपुरको आगामी मेयरका लागि तीन जना आकांक्षी देखिएका छन् । भद्रपुरका प्रभावशाली युवा नेता असारु राजवंशी, वर्तमान मेयर जीवन कुमार श्रेष्ठ र उमपेयर चन्द्रा श्रेष्ठको चर्चा शुरु भएको छ ।

पार्टी नेतृत्वसँग कमजोर सम्बन्ध समन्वय गरेका कारण मुख्य प्राथमिकतामा नरहेका मेयर श्रेष्ठको विकल्प खोजी भइरहेको छ । पार्टीमा राम्रो सम्बनध नबनाएका कारण आलोचना खेपिरहेका श्रेष्ठ दोस्रो प्राथमिकतामा छन् । आउँदो निर्वाचनमा पहिलो प्राथमिकतमा परेका व्यक्ति हुन्, असारु राजवंशी ।

को हुन् असारु ?
नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी भद्रपुर नगरका लोकप्रिय नेतामा चिनिन्छन् । आदिवासी समुदायका युवा राजवंशी सबै वर्ग समुदायका दुखका साथी हुन् । हरेक गाह्रो–अप्ठ्यारोमा अग्रमोर्चामा देखिने राजवंशी विधार्थी राजनीतिबाट आएका व्यक्ति हुन् । अनेरास्ववियुको केन्द्रीय सदस्य एवम् मेची इञ्चार्जको जिम्मेवारी सम्हालेका राजवंशी भद्रपुरको पार्टी संयोजक र इञ्चार्ज समेत भइसकेका छन् ।

स्थानीय भूगोलमा मसिनो गरि काम गरेका राजवंशी अघिल्लो निर्वाचनमा पनि मेयरमा मुख्य दावेदार थिए । सबैले मेयरका लागि दवाव दिए पनि राजवंशीले जीवन श्रेष्ठलाई मेयरका लागि प्रस्ताव गरे । आफैले पाइसकेको टिकट श्रेष्ठलाई दिएर पार्टी जिताउने इञ्चार्जसिपको भूमिका निभाएका राजवंशीले यो निर्वाचनमा आफ्नो विकल्प नभएको दावी गर्दै आएका छन् । उनले पार्टी नेतृत्वले यो सन्दर्भमा विवेक पुराउने आशा गरेको सुनाए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा काम गरेका राजवंशीले सोही समयमा भद्रपुरको विकास निर्माणका लागि २ सय करोडको योजना ल्याएका थिए । केन्द्र सरकारबाट भद्रपुरका लागि सहजै विकास ल्याउन भूमिका खेलेका उनले शहरी विकास योजना मार्फत करोडौंको काम गरेका छन् ।

भद्रपुरमा शहरी विकास योजनाले काम नगरेको भए भद्रपुर अझै उराठ लाग्दो हुने स्थानीयको धारणा छ । केहि स्थानीय भन्छन्, शहरी कै काममा भद्रपुर नगरपालिकाले श्रेय लिइरहेको छ ।

सामाजिक संघ संस्थाको क्षेत्रमा समेत योगदान गर्दै आएका राजवंशी मेची क्याम्पसका पूर्व स्ववियू सभापति हुन् । ०६२–६३ को आन्दोलनमा अग्रमोर्चाबाट नेतृत्व गर्ने उनले जनप्रतिनिधि नभएर पनि विकास योजना ल्याउन महत्वपूर्ण योगदान गरेको भन्दै भद्रपुरमा प्रशंसा हुने गरेको छ ।

यस्तै, उपप्रमुख चन्द्रा श्रेष्ठ मेयर पदको अर्को आकांक्षी हुन् । झापा जिल्लाकै प्रभावशाली उपमेयरको पहिचान बनाउन सफल श्रेष्ठ नेकपा एमाले झापाको उपसचिव हुन् । लामो समयदेखि कानुनी क्षेत्रमा क्रियाशिल श्रेष्ठ अब्बल उपमेयरका रुपमा परिचित छन् ।
भद्रपुरको पहिलो कार्यकाल जनप्रतिनिधि र कर्मचारीसँगको विवादैै विवादमा वितेको आरोप छ । बेरुजुमा बलियो भद्रपुर नगरपालिका कार्यसम्पादनमा कमजोर भएको बुझिएको छ ।

यस्तै, उपमेयरमा चार जना आकांक्षी देखिएका छन् । पार्टीको भद्रपुर उपसचिव कौशिला अधिकारी, पार्टीको प्रदेश कमिटी सल्लाहकार सदस्य टिका प्याकुरले, प्रदेश कमिटी सदस्य शुभलक्ष्मी राई र जिल्ला कमिटी सदस्य एवम् भद्रपुर इञ्चार्ज हरि तिम्सिना उपमेयरको आकांक्षीका रुपमा देखिएका छन् । ०७४ को निर्वाचनमा एमालेले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो र राप्रपाले चौथो मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]