नियतले कुनै कमजोरी भएको छैन : इञ्चार्ज लम्साल
बिर्तामोड । प्रेस चौतारी झापाले प्रदेश र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरुलाई सम्मान गरेको छ । शुक्रवार सुरुङामा आयोजित पत्रकार सम्मान तथा प्रशिक्षण कार्यक्रम आयोजना गरि निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको हो ।
प्रेस चौतारीको केन्द्रीय कमिटी सदस्य, विभागका सदस्य र १ नं. प्रदेश कमिटीको पदाधिकारीसहित सदस्यहरुमा निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिए । सोही अवसरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार रघु मैनालीले चौतारीमा आवद्ध सदस्यहरुलाई प्रशिक्षित गरेका थिए । उनले प्रशिक्षण दिदैं स्थानीय तहको निर्वाचनमा तथ्यगत सूचना प्रदान गर्नुपर्ने सूझाव दिए । विपद् र निर्वाचनमा सूचना सञ्चार गर्दा संवेदनशिल हुनुपर्ने भन्दै सचेत गराएका छन् ।

यस्तै, सो कार्यक्रम हुनु पूर्व नकेपा एमाले कनकाई नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय युवाहरुलाई कोरिया पठाइएको सन्दर्भमा स्पष्ट पारेको थियो । कृषिमा पठाइएका युवाहरुमाथि नगरपालिकाले कुनै पनि कमिकमजोरी नगरेको दावी गरेको छ । एमाले कनकाईका इञ्चार्ज रविन्द्र लम्सालले आवश्यकताभन्दा बढि नकारात्मक प्रचार भएकोमा दुख व्यक्त गरेका छन् । नियतले कुनै कमजोरी गरिएको छैन, उनले भने – अन्जानमा भएका कमजोरी आगामी दिनमा सच्याइनेछ ।
सो कार्यक्रमका प्रमुख अतिथी पार्टीका झापा जिल्ला अध्यक्ष दिपक कार्कीले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने गरि लाग्न निर्देशन दिएका छन् ।