जेष्ठ ६, २०८२ सोमबार

डिएसपी आचार्यलाई सम्मानसहित विदाई

बिर्तामोड । झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यलाई सम्मानसहित विदाई गरिएको छ । भर्खरै उदयपुर सरुवा भएका डिएसपी आचार्यलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

बिर्तामोडमा रहेका एक दर्जन सामाजिक संघ संस्थाले आचार्यलाई सम्मान सहित विदाई गरेका हुन् । होटल ग्राण्ड प्यासिफिकमा आयोजना गरिएको कार्यक्रममा डायनमिक क्लव बिर्तामोड, लायन्स क्लव, होटल ग्राण्ड प्यासिफिक, झापा टेलरिङ व्यवसायी संघ, शिखर साकोस, वीरता लेडी जेसीज, लियो क्वल, वीरता जेसीज, नेपाल औषधि व्यवसायी संघ झापा, छठ पुजा सेवा समिति, मुक्तिनाथ विकास बैंक र गरिमा मल्टिप्रपोजले संयुक्त रुपमा आचार्यलाई सम्मान गर्दै विदाई गरेको छ ।

१३ महिना बिर्तामोड रहेर यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको डाइनमिक क्लवका अध्यक्ष एवम् बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।

यसअघि हरेक डिएसपीको स्वागत र विदाई बिर्तामोड वाणिज्य संघको मुख्य आयोजनासहित अन्य संघसंस्थाले गर्दै आएको थियो । संघमा कार्यक्रम गर्ने सहमति नभएपछि अन्य सामाजिक संघ संस्थाले संघ बाहिर रहेर सम्मान तथा विदाई गरेका हुन् ।

प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]