जेष्ठ ५, २०८१ शनिबार

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, निगमका सबै डिपो आइतवार विहानदेखि खुलाउने

काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चारबुँदे सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीचको वार्तामा सहमति भएको हो ।

आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गर्ने सहमति भएको छ । पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरण कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

यस्तै, निगमका सबै डिपो कार्यालयहरू आइतबार (भोलि) बिहान ८ः०० बजेदेखि नै सञ्चालन गरिनेलगायत निर्णय भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]