जेष्ठ ५, २०८१ शनिबार

सेवा निवृत्त राष्ट्रसेवक संघ झापाको अध्यक्षमा घिमिरे

भद्रपुर । सेवा निवृत्त राष्ट्रसेवक संघ झापाको दोस्रो जिल्ला अधिवेशनले माधव घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

शनिबार एमाले पार्टी कार्यालयको सभाहलमा भएको दोस्रो जिल्ला अधिवेशनको बन्द सत्रले घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कुवेर बराल, सचिवमा कृष्ण आचार्य सहसचिवमा तारा अधिकारी र कोषाध्यक्षमा जय उप्रेती सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

कार्यसमितिको सदस्यहरुमा सुदर्शन बराल, वेधनिधी रेग्मी, लालबहादुर चाहार, निलबहादुर राई, लालबहादुर सापकोटा, पुण्यादेवी शिवाकोटी, कृष्णप्रसाद पराजुली, कृष्णप्रसाद भट्टराई, विदूर मिश्र र जयन्द्र प्रसाद राजवंशी चयन हुनुभएको छ ।

यसअघि अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि पेशागत महासंघका स्थायी समिति सदस्य देवराज कार्कीले गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अनेमसंघ केन्द्रीय सदस्य टीका घिमिरे, एमाले जिल्ला कमिटी सचिव शिव ढुङ्गेल, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का इञ्चार्ज लक्ष्मी गुरागाई र सम्मानित व्यक्तित्व बद्री प्रसाद ओलीले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष बद्रप्रसाद ओली र संस्थापक सदस्य कृष्णकुमारी भण्डारीलाई सम्मान गरिएको थियो । संघका झापा अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सचिव माधव पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष हरिकिशोर आचार्यले स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]