बैशाख ३१, २०८१ सोमबार

झापा सुपर लिगको मुख्य प्रायोजकमा त्रिशक्ति ग्रुप

खेलाडी अक्सन सकियो
काकडभिट्टा । बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा आगामी वैशाख १ देखि ७ गते सम्म का“कडभिट्टा माविको मैदानमा आयोजना हुने झापा सुपर लिग क्रिकेट टुर्नामेन्टको मुख्य प्रायोजन त्रिशक्ति ग्रुपको उत्पादन रसोइ शुद्ध तोरीको तेलले गर्ने भएको छ ।
त्रिशक्ति ग्रुपका संचालक सदस्य वजरंग गोयल र लर्ड बुद्ध क्रिकेट एकाडेमीका अध्यक्ष हिमाल विकेवीच शुक्रवार प्रतियोगिता प्रायोजनका लागि औपचारिक सम्झौता भएको हो ।

त्रिशक्ति ग्रुपका सदस्य मनोज गोयलको प्रमुख आतिथ्यतामा शनिवार प्रतियोगितामा सामेल हुने खेलाडीहरुको अक्सन सम्पन्न भयो । पा“च वटा टिममा ९० बढी खेलाडी सहभागी बन्दैछन् ।

प्रविण अग्रवाल र रिषभ मित्तलको धुलाबारी टाइगर्सले मार्की प्लेयरमा सुजन थपलिया र आइकोनिक प्लेयरको रुपमा दिपेश कडेललाई टिममा खरिद गरेको छ । त्यस्तै टिमका लागि ज्ञानेन्द्र श्रेष्ठ, राज थापा, मुकुन्द यादव, प्रवेश कामती, भुपेश गौतम, विवेक बुढाथोकी, अविरल ओली, डम्वरसिंह बुदल, फजल रहमान, महेश सेढाई, निखिल पौडेल, शिव राजवंशी, सुमित कुमार साह, सुयोग बंशल, उज्जवल काफले र साइरस कटुवाललाई खरिद गरिएको छ ।

अर्पण राईकोे भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक वराल र आइकोनिक प्लेयरको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर मन्जित श्रेष्ठलाई खरिद गरेको छ । अन्य खेलाडीमा अमित श्रेष्ठ, प्रेम सिंह, श्रवण यादव, सुमिरन राई, ग्रिसल पौडेल, सुजन घिमिरे, विवेक पोख्रेल, अर्जोधी मल्लीक, आशिक राना मगर, विष्णु कामती, शेखर खडका, मोविन अली, सन्जिव तामाङ, मनिष कामती र प्रवीण पुरी छन् ।

सुमन प्रसाई, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा अंकित सुवेदी र आइकोनिक प्लेयरमा पूर्व राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई खरिद गरेको छ । अन्य खेलाडीमा अभ्यास तिम्सिना, अर्जुन दाहाल, सोनु अन्सारी, नित्य खडोरिया, विपिन महतो, अनिल लामिछाने, अनिष लुइटेल, बिनोद राउत, शिवान्श वजगाई, सन्तोष कामी, सुमित नेउपाने, वसन्त चौहान, गौरव भट्टराई, रोहिन राई र आदर्श सरिया छन् ।
सोभित बास्तोलाको बोस्टन इगल्सले मार्की प्लेयरमा समिर कार्की र आइकोनिक प्लेयरमा मिनाश थापालाई खरिद गरेको छ । अन्य खेलाडीहरुमा सुरज खडका, विधान गोश्वामी, सुरज श्रेष्ठ, दिपु भुजेल, सिद्धार्थ कुमाल, विवेक चिमरिया, अलोक मण्डल, अभि योङहाङ लिम्वु, अरविन क्षेत्री, वसन्त सृजन कोइराला, विपिन कार्की, नवीन पाठक, अमन गोयल, राहुल पाठक र सुनिल आचार्य छन् ।

पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामा र व्यवसायी मनोज पौडेलको सनराइज का“करभिट्टाले मार्की प्लेयरमा कमल खत्री र आइकोनिक प्लेयरमा पिर्दोश अन्सारीलाई खरिद गरिएको छ । अन्य खेलाडीहरुमा सुभंकर उराउ, भुपाल दंगाल, किष्मत पौडेल, विराट डा“गी, सचिन श्रेष्ठ, आयुष नेउपाने, संगम बुढाथोकी, अभिशेख बस्नेत, जयदेव राजवंशी, सुदिप राज पौडेल, उज्ज्वल काफले, प्रनिष विमली, दिव्यम अधिकारी, विशाल आचार्य र पुरन शंकर छन् ।

पा“चै टीमले एक-एक जना राष्ट्रिय खेलाडीलाई टोलीमा समावेश गर्न पाउने प्रावधान छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजार र उपविजेताले नगद १ लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशी का“करभिट्टाका संचार उद्यमी तथा युवा नेता बालकृष्ण थापाले प्रायोजन गरेका हुन् ।

अक्सन कार्यक्रममा महिला राष्ट्रिय क्रिकेटकी कप्तान रुविना क्षेत्री, झापा क्रिकेट संघका अध्यक्ष प्रवीन थापा, क्रिकेट संघका कोषाध्यक्ष चोलानाथ दाहाल लगायतको उपस्थिति थियो । अक्सनको संचालन शिक्षकद्धय रोशन कार्की र अनिल विष्टले गरेका थिए । प्रतियोगितामा हस्पिटालिटी पार्टनरमा होटल हिकोला हेरिटेज र अफिसियल फोटोग्राफीमा ओएसिस स्टुडियो रहने छन् ।

प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]