जेष्ठ ५, २०८१ शनिबार

स्थानीय निर्वाचन -०७४ : झापामा माओवादी आठ पालिकामा निल

बिर्तामोड । स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा ०७४ को मत परिणामलाई विश्लेषण गर्न थालिएको छ । सो परिणामका आधारमा दलहरु आसन्न निर्वाचनबाट परिणाम सुधार गर्ने गरि जुटेका छन् ।

निर्वाचन आयोगको तथ्याङक अनुसार स्थानीय तहको पहिलो निर्वाचनमा झापामा नेकपा एमाले पहिलो शक्ति बनेको थियो । एमाले पहिलो, कांग्रेस दोस्रो, राप्रपा तेस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको तथ्याङकमा देखिन्छ । एमालेले झापाको ७ पालिकामा प्रमुख÷अध्यक्ष, १२ पालिकामा उपप्रमुख, उपाध्यक्ष जितेको थियो । यस्तै कांग्रेसले ५ पालिकामा प्रमुख-अध्यक्ष, २ पालिकामा उपाध्यक्ष जितेको थियो । राप्रपाले ३ पालिकामा प्रमुख र १ पालिकामा उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले १५ पालिकामध्ये कुनै पनि पालिकामा प्रमुख, उपप्रमुख जितेको छैन ।

पहिलो स्थानीय तह निर्वाचनमा ८ वटा पालिकामा परिणाम शुन्य भएको माओवादी केन्द्रले १३१ वडामध्ये ६ वटा वडामा वडाध्यक्ष पद जितेको तथ्याङकमा उल्लेख छ । ६ जना वडाअध्यक्षसहित माओवादी केन्द्रले १६ सिट जितेको थियो ।

अर्जुनधारा, बिर्तामोड, शिवसताक्षी, कचनकवल, कमल, कनकाई, गौरादह र दमकमा माओवादी केन्द्र झापाको परिणाम निल भएको थियो ।
माओवादीले भद्रपुरको ४ नं. वडाध्यक्षसहित २ सदस्य जितेको थियो भने मेचीनगरको वडा नं. १२ मा १ वडाध्यक्ष र १ जना सदस्य जितेको थियो ।

हल्दिवारी २ मा वडाध्यक्ष सहित ५ सदस्य जितेको थियो । त्यसमध्ये १ जना सदस्य एमालेमा प्रवेश गरिसकेको बुझिएको छ । यस्तै बाह्रदशीमा माओवादीले ४ नं. वडाको वडाध्यक्ष र ३ सदस्य जितेको थियो । झापा गाउँपालिकामा २ सदस्य जितको माओवादीले गौरीगञ्जमा बुद्धशान्तिमा वडा नं. ७ मा वडाध्यक्ष जितेको तथ्याङकमा उल्लेख छ । दक्षिण पश्चिममा रहेको गौरीगञ्जमा माओवादीले ५ सदस्य र वडा नं. ४ को वडाध्यक्ष जितेको छ ।

प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]