चैत्र १५, २०८० बिहीबार

प्रहरीलाई पाँच सय घुस दिन खोज्ने पक्राउ

बिर्तामोड । प्रहरीलाई घुस दिन खोज्ने चालक चारआलीबाट पक्राउ परेका छन् । आज बिहान ४ बजे प्रहरी चौकी चारआलीले उनको गाडी चेकजाँच गर्न खोज्दा घुस दिने प्रयास गरेका थिए ।

बेलबारी नगरपालिका–११ का ५१ वर्षीय कविर बहादुर तामाङलाई घुस दिन खोजेको आरोपमा पक्राउ गरेको झापा प्रहरीले जानकारी दिएका छन् । को १ ज २५४५ नम्बरको पिकअप भ्यानमा तामाङले ८ थान पशुचौपाय लिएर आएका थिए । भद्रपुर बजार लैजाने भन्दै तामाङले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]