बैशाख ११, २०८१ मंगलबार

किशोरी बलात्कार प्रकरण : फरार अभियुक्तलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग

धुलाबारी । मेचीनगर -९ का बलात्कार आरोपित ६० वर्षीय बिष्णु खड्कालाई अबिलम्ब कारबाही गर्न दलित अधिकारकर्मीले माग गरेका छन् ।

खड्काकै घरमा डेरा गरि बस्ने १७ वर्षीय मल्लिक समुदायको युवतीलाई आरोपित ब्यक्तिले बिगत १ वर्षदेखि बलात्कार गर्दै आएको सार्बजनिक भइसकेको छ । आज दिउँसो धुलाबारीमा पत्रकार सम्मेलन गर्दै दलित अधिकारकर्मीले फरार रहेका आरोपित खड्कालाई तत्काल पक्राउ गरि कारबाही गर्न उत्पीडित बिद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले माग गरेका छन् । पीडित परिवारलाई बिस्थापित गर्न लागेको भन्दै न्यायको माग गरिएको छ ।

घटनामा प्रहरीले समेत असयोग गरेको आरोप छ । अधिकारकर्मीले भने- प्रहरीकै असहयोगका कारण पीडितले न्याय पाउन सकेको छैन ।

पत्रकार सम्मेलनमा बोल्दै मंग्रातीले पीडित किशोरीलाई घटना दबाउने गरि दबाब दिईरहेको बताए ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ३ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]