बैशाख १४, २०८१ शुक्रबार

रोटरी क्लव अफ काँकरभिट्टाको बृक्षरोपण

मेचीनगर । रोटरीका अन्तर्राष्ट्रिय संस्थापक पावल ह्यारिस र रोटरी क्लब अफ काँकरभिट्टाका संस्थापक अरुणकुमार श्रेष्ठको स्मृतिमा शुक्रबार झापाको मेचीनगरमा वृक्षारोपण गरिएको छ ।


रोटरी क्लव अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले कुशे औसीको अवसर पारेर मेचीनगर–६ स्थित मेची गंगा रामानुज दिव्यधाममा ६० वटा रुद्राक्षको विरुवा रोपेको हो । मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख नविन बरालले प्रमुख अतिथिको आसनबाट कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । हिन्दु संस्कार अनुसार रुद्राक्षको महत्व निक्कै ठूलो भएकाले कुशे औसीको अवसर पारेर विरुवा रोपेको क्लबका अध्यक्ष मोहन निरौलले बताउनुभयो ।


अध्यक्ष निरौलाले रोटरी क्लब रोटरी गठन भएपछि काँकरभिट्टामा धेरै सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा काम भएको बताउनुभयो । यसले शिक्षा स्वास्थ्य, वातावरण पर्यावरणलगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने गरेको र यसै सन्दर्भमा वृक्षारोपण गरिएको उहाँले प्रष्ट पार्नुभयो ।


अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ आफ्नो आम्दानीको केही हिस्सा समाजका लागि पनि लगानी गर्नुपर्ने भन्दैं प्रमुख अतिथि कार्यवहाक नगरप्रमुख बरालले रोटरीबाट सवैले पाठ सिक्नुपर्ने बताउनुभयो । नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउनु आम नगरवासीको दायित्व भएकाले यसरी नै वृक्षारोपण गरेर यसको उचित हेरचाह र संरक्षण गर्ने हो भने नगर आफै स्वच्छ बन्ने धारणा उहाँको थियो ।


सन् १९०५ फेव्रवरी २३ तारीखमा अमेरिकाको सिकागो भन्ने शहरमा पावल ह्यारिससहित अन्य चारजना मिलेर रोटरी स्थापना गरेका थिए । सन् २०१० मा स्व. अरुणकुमार श्रेष्ठको अगुवाईमा यहाँका विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेर बसेका ३१ जनाबाट रोटरी क्लब अफ काँकरभिट्टा स्थापना भएको थियो ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]