बैशाख ३०, २०८२ मंगलबार

एमालेको आन्तरिक चुनाव

सम्पादकीय
झापामा नेकपा एमालेका पालिका कमिटीले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको नाम सिफारिस गरिरहेका छन् । जिल्ला कमिटीको बैठक अगावै पालिकाबाट जिल्लालाई सिफारिस गर्नुपर्ने विधि अनुसार सिफारिसको काम भइरहेको छ । पालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि पालिकाबाट सिफारिस हुनुपर्ने संख्याभन्दा धेरै नेताहरुले आकांक्षा व्यक्त गरेकै कारण आन्तरिक निर्वाचनको अभ्यास गरिएको छ । पार्टीभित्रको निर्वाचनले नेता कार्यकताले कार्यकर्ताको लागि गरेको कामलाई मुल्याङकन भएको एमालेमा चर्चा हुने गरेको छ ।

कतिपय स्थानीय तहमा वहालवाला जनप्रतिनिधिले उत्कृष्ट मत पाएका छन् । कसैले लज्जाजनक मत पाए । आफ्नै पार्टी कमिटीभित्र गरिएको निर्वाचनमा पाएको मतले जनप्रतिनिधिको मुल्याङकन गरेको स्पष्ट छ । यसलाई नकारात्मक रुपमा लिन हुदैन । यो मुल्याङकनको विधि हो । जनप्रतिनिधिहरुले आत्मसमिक्षा गर्न जरुरी छ । नेकपा एमाले झापाले जिल्लामा गरेको आन्तरिक चुनाव लोकतान्त्रिक विधिको उच्चतम प्रयोग हो । पार्टीभित्र लोकप्रिय नहुने आकांक्षीले निर्वाचनमा जानु पार्टीका लागि घातक हुन सक्ने अनुमान एमालेले गरेको छ ।

नेकपा एमालेले आन्तरिक चुुनावमा उत्कृष्ट मत ल्याउने आकांक्षी नै उम्मेद्वार भएको हल्लालाई आधिकारिक होइन भनेको छ । विभिन्न सूचकका आधारमा उम्मेद्वार छनौट गर्ने भनेको एमालेले पाँच वटा सूचकलाई आधार मान्ने छ । तर, आन्तरिक चुनावको एउटा सत्य चै छ, त्यो भनेको उत्कृष्ट मत ल्याउनेहरु पार्टीका लोकप्रिय आकांक्षी हुन् । लोकप्रिय मत पाउनेहरु उत्कृष्ट भन्ने कुरा सत्य हो । एमालेले मत गणनामा बसेकाहरुलाई आचारसंहिताभित्र राख्न नसकेका कारण नजिता बाहिर आयो । त्यो नतिजाले पार्टीमा लामो समय काम गर्नेहरुलाई दुखी पनि बनाएको छ । यस तर्फ नेतृत्वले विचार गर्नुपर्छ । अर्को, कुरा अभिमतसँगै स्थानीय विश्लेषण र कार्यकर्ताको भावना पनि बुझ्न जरुरी छ ।

प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]