बैशाख १२, २०८१ बुधबार

अनविज्ञ अर्थमन्त्रीको परिणाम

अर्जुन मैनाली
राष्ट्रिय अर्थतन्त्र ओरालो लागेको अवस्थामा राज्यको अर्थतन्त्रको बागडोर सम्हालने निकाय अर्थ मन्त्रालय र यसको नेतृत्व गर्ने अर्थमन्त्रीका नालायक एवम् गरजिÞम्मेवार पूर्ण निर्णयहरूले एकपछि अर्को गर्दै राष्ट्रिय संकट निम्त्याइरहेको छ ।

गत चैत २४ गतेको मन्त्री परिषद्को निर्णय बमोजिम स्वायत्त संस्थाको रूपमा रहेको नेपाल राष्ट्र बैंकको गभर्नर निलम्बन गर्ने कदमलाई गम्भीरता पूर्वक लिन सकिन्छ । यो कदमको व्यापक विरोध हुनु त स्वाभाविक नै हो । अझ प्रमुख प्रतिपक्षी पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको शब्दमा भन्ने हो भने थुतुनाभरी रौं भएको एउटा मूसाले धान खायो, एउटै रौं भ्यागुतालाई कारबाही भने झैं भाको छ ।

राष्ट्र बैंकको गोपनीयता बाहिर चुहावट गरेको आरोपमा निलम्बित गभर्नरलाई कारबाही गर्नुको कारण मात्र यति नै हो भन्न सक्ने ठाऊँ छैन । बिगत लामो समयदेखि आछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको ४० करोड़ अबैध रकÞम फुक्का गरिदिन अर्थमन्त्रीको दबावलाई गभर्नरले नमान्दाको परिणाम कारबाही भएको स्पष्ट छ ।

अर्थमन्त्री भएसँगÞै श्रोत नखुलेका कालो धान सेतो बनाउने नीतिमा लागेका बेला व्यापक राजनीतिक र अर्थविदको विरोध र असहमतिको कारणपछि सरेका लड़ाकु अर्थमन्त्रीले प्रचण्डको माध्यमबाट देउवालाई गठबन्धनको चंगुलमा पारी हचुवाको भरमा गभर्नर निलम्बन गरेर मुलुकको अर्थतन्त्रलाई झन ठुलो संकट तर्फÞ फँसाएका छन् ।

नेपालको अर्थतन्त्र बर्वाद गर्नुमा हालका अर्थमन्त्री ‘म जÞस्तो विज्ञ अर्थशास्त्री कोही छैन’ भन्ने घमण्डले पनि काम गरेको छ । कृषि जेटीए पढेका र द्वन्दकालमा गण्डक क्षेत्रको गुरिल्ला कमाण्ड गरेका यस्ता विद्धानले गर्दा केही स्वार्थी व्यापारीको स्वार्थभन्दा माथी कुनै राष्ट्रिय नीति बनेका छैनन् । उत्पादन र निर्यातभन्दा पनि व्यापारी र आयातलाई पोस्ने काम हुँदा यहाँका उद्योगधन्दा हतोत्साहित भएका छन् । र, नाफÞा खान पल्केका व्यापारीलाई मात्र प्रोत्साहन गरिएको स्पष्ट भयो । जसले गर्दा नेपाली मुद्रा डलरमा रूपान्तरण भएर बाहिरियो ।

नेपालको अर्थतन्त्रमा संकट आउनुको मुख्य कारण नै हालका अर्थमन्त्रीको स्वदेशी उद्योगीलाई आहत र एजेन्सी व्यापारीलाई राहत दिने नीति हो । आयातलाई मुख्यधन्दा बनाईरहेका व्यापारीहरूले नेपाली मुद्रा डलरमा परिणत गरेर विदेश पुराए । तर मुलुकभित्र उधोग चलाइरहेका राष्ट्रप्रेमी उधोगीको लगानीलाई कसैले महत्व दिन सकेन । न अर्थमन्त्रीले ब्यापारी र उधोगी बीचको फरक बुझ्न सके ?
विप्रेषण र पर्यटनको भरमा चलेको अर्थतन्त्रलाई टेवा गर्ने स्वदेशी उत्पादनलाई बढ़वा दिनुको साटो अर्थमन्त्री अझै पनि आफ्नै हठमा दौडिरहेका छन् ।

गभर्नरमाथिको निलम्बन र छानबिन समितिको संयोजक समेत आफ्नो मान्छे राख्नुले पनि यो काण्डमा पर्दा पछाडि ठुलै चलखेल छ भन्ने बुझ्न सकिन्छ । जे होस यस्ता काण्डले देशको आर्थिक अवस्था झन जर्जर हुने र लोकतान्त्रिक र स्वायत्त संस्थामाथि राजनीतिक हस्तक्षेप बढ्ने कुरामा दुई मत छैन । आफ्नो कुकर्म लुकाउन देश र जनतामाथि धावा नबोलियोस् ।
लेखक : बिर्तामोड वाणिज्य संघका महासचिव हुन् ।

प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]