बैशाख ४, २०८१ मंगलबार

श्री विराट आधारभुत विद्यालयको प्रेस विज्ञप्ति

यस विधालयको सन्दर्भमा चैत २८ गते स्थानीय एक सञ्चारमाध्यममा प्रकाशित एउटा भ्रामक र कपोकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

आदरणीय सम्पूर्ण यस विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक र सरोकारवालाहरुमा विनम्रता पूर्वक यो अनुरोध गर्न चहान्छु कि यस श्री विराट आधारभुत विद्यालयमा म बद्री प्रसाद बाँस्कोटा विगत तीन वर्षदेखि प्रधानाध्यापकको कार्यभार सम्हाल्दै आइरहेको कुरा सबैमा अवगत गराउन चहान्छु । जब म यस विद्यालयमा प्रवेश गरें त्यस समयमा एक प्रकारले महाभारतको युद्ध चलिरहे भैंं लाग्थ्यो । त्यस समयमा मलाई विद्यालयको समस्या समाधान गर्न भनि विर्तामोड नगरपालिका, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुले यस विद्यालयमा सरुवा जान अनुरोध गरे पश्चात म यस विद्यालयमा आएको हुँ । तर मैले जे सोचेर आए परिस्थती त्यस्तो रहेनछ ।

म प्र.अ. भइ विद्यालय संचालन गर्र्दै रहँदा अत्यन्तै नाजुक स्थितीमा रहेको विद्यालयको भौतिक संरचनाहरु आज बदलिएका छन् । म यहाँ आउँदा शिक्षक श्री रंगलाल न्यौपाने बेतलवी विदामा जापान गएका थिए । उनको विदाको समयावधि समाप्त नभई उनी २ वर्ष करीव १० महिना पनि व्यतित नभई विद्यालयमा हाजिर गराई पाउँ भनी निवेदन दिए । त्यसपछि विद्यालय व्यवस्थापन समितिमा हाजिर गराउने निर्णय भयो । जब हाजिर गराईयो, तब केही हप्ता पनि वित्न नपाउँदै मलाई विद्यालयको आर्थिक कारोवार दिनुपर्छ भनेर दावी गर्न थाले । सो कुरा मैले सहजै स्वीकार गरिन । त्यहिबाट विवाद र अनेकन बखेडा झिकेर म प्रति द्वेशभाव राख्दै गए । यतिसम्म कि मलाई नियोजित ढँगले मेरो नैतिक तथा भौतिक शरीरमाथी आक्रमण गर्ने जस्ता व्यवहार र धम्कीहरु शुरुवात भए ।

तर, म शिक्षक रंगलाल जी को पूर्व नैतिक आचारणका व्यवहार र श्री लक्ष्मी नि. मा. वि गरामनी, विरानमा कार्यरत छँदाको विद्यालयको आर्थिक पक्षको बारेमा अपरिचित भने थिइन । त्यसर्थ उनलाई मैले यस विद्यालयको आर्थिक कारोबार दिन सहमत भइन । त्यस पछि शिक्षक रंगलाल, इन्द्र बाँस्कोटा लगायतका केहि शिक्षकहरुको सहयोगमा ग्रुपिङ गरि विद्यालयको शैक्षिक वातावरणलाई धमिल्याउने कामको सुरुवात भयो ।

विद्यालयका हरेक शैक्षिक भौतिक तथा प्रशासनिक कार्यहरुमा समेत विभिन्न तवरले वाधा विरोध तथा अवरोध पु¥यादै म प्र.अ लाई पटक–पटक नैतिक तथा पदीय मर्यादा प्रति कुनै सरोकार नराखी कालो मेसो दल्ने दलाउने , विद्यालय कार्यकक्ष तथा अन्य कार्यका लागि म बाहिर गईरहेको अवस्थामा समेत पछि लागेर एकान्त अवस्थामा मलाई पिछा गरि हिजो शिक्षक रंगलाल न्यौपाने र शिक्षक इन्द्र प्रसाद बास्कोटाले विभिन्न ठाँउमा मेरो जीउज्यानमा समेत धम्कीपूर्ण व्यवहार तथा गाली गलौज गर्दै आइरहँदा पनि मैले निरिहता पूर्वक सहन गर्दै आएको छु । यस पटक पनि विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई दुई महिना देखि तलब भत्ता नखुवाइएको भन्ने भ्रामक समचार प्रकाशित गराउने उनीहरुको व्यवहार सुनियोजित नै छ ।

उक्त समाचारमा दुई महिनाको तलव भत्ता शिक्षक कर्मचारीहरले नपाएको भन्ने तथ्य सरासर झुट हो । बिर्तामोड नगरपालिका शिक्षा शाखाले फागुन महिनाको तलव भत्ता विधालयको आन्तरिक तथा बाह्य लेखापरीक्षण हुन नसक्दा रोक्का गरेको यथार्थ हो । तर, चैत महिनाको तलवभत्ता निकासा पठाउने तयारीमा चैत २८ गते म नगर शिक्षा शाखा लगायत नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विव्यसका अध्यक्ष श्री कृष्ण विमली र केहि सरोकारवाला व्यक्तिहरुको समेत उपस्थितिमा नगर प्रमुखकै कार्यकक्षमा छलफल गरि चैत २९ गते समय मै तलवभत्ता खुला गरि निकासा बैकमा पठाउने भन्ने सहमति भएको थियो । त्यसपछि विव्यसको तत्काल बैठक बसी शिक्षक कर्मचारीहरुके तलव,भत्ता फुकुवा गर्ने गरि पत्र तयार गरि नगर शिक्षा शाखामा बुझाइसकिएको छ ।

तर, विगत केहि दिनदेखि स्वास्थ्यमा प्रतिकुल समस्या भई डाक्टरको सल्लाह बमोजिम घरमा आराम गरेर बसिरहेको थिए । र यहि मौका छोपी विधालयमा सुनियोजित एवम् पूर्वाग्रही ढंगले तालावा बन्दी गरिएको छ । सो कार्यमा संलग्न केहि शिक्षक, कर्मचारीका कारण विधालयको शैक्षिक वातावरणमा असर भएको हुँदा तत्काल स्थानीय तह, नगर शिक्षा शाखाले आवश्यक अनुगमन गरि यथार्थताको आधारमा विधालयभित्र हुने यस प्रकारका निन्दनीय गतिविधिमा संलग्न शिक्षकहरुलाई तत्काल कारबाही गरि शैक्षिक वातावरणलाई सुचारु गर्ने गराउने र म प्रअको जिउज्यानको समेत सुरक्षा हुने गरि व्यवस्था मिलाई दिनुहुन सबैमा अपील गर्दछु ।

बद्रीप्रसाद बाँस्कोटा
प्रधानाध्यापक

मितिः २०७८-१२-२८

प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]