बैशाख ३१, २०८१ सोमबार

सहाराले काँकडभिट्टामा मनायो बार्षिकोत्सव

काँकडभिट्टा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. काँकडभिट्टा सेवा केन्द्रले संस्थाको २७ औ बार्षिकोत्सब मनाएको छ ।
काँकडभिट्टास्थित उधमी लघुवित्त महिला सदस्य शुशिला खरेलको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्याक्रममा प्रमुख अतिथि संबिधान सभा सदस्य रबिन कोइराला रहेका थिए । । वडा नं ६ का वडाध्यक्ष ललित तामाङ्ग बिशेष अतिथि , खानेपानी उपाध्यक्ष गोबिन्द प्रमुख गिरी तथा अनुगमन प्रमुख घनश्याम रायको आतिथ्यता रहेको थियो ।

काँकडभिट्टा प्रमुख खेमराज पुरीले सेवा केन्द्रले १ बर्षमा गरेको गतिविधि जानकारी गराएका थिए । संस्थाको हालको अवस्था तथा बित्तिय साक्षरताको बिषयमा अनुगमन प्रमुख घनश्याम रायले प्रशिक्षण प्रदान गरेका थिए ।

काँकडभिट्टा सेवा केन्द्रको बिगत १५ बर्ष देखि लघुवित्त कार्यक्रममा आवद्ध उद्यमी मेचीनगर ६ निवासी झरी राजवंशी र मेनपा ४ निवासी तारा बराललाई नगद तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथि कोईरालले संस्था नेपालकै नमुना र उदाहरणीय रहेका चर्चा गर्दै उद्यशिलता बिकास तथा गरिबी न्यूनिकरणमा चालेका हरेक योजना सफलताको शुभकामना दिए । यसैगरी बिशेष अतिथि तामाङ्गले अन्य बित्तिय संस्था जस्तो नरहको हुँदा सबैले यसको अनुसरण गर्नुपर्ने भन्दै कार्यक्रम सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]