बैशाख ८, २०८१ शनिबार

झापाको गौरादहमा स्याउ फल्यो

झापा । पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् ।
गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् । आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको स्याउ फलाएको खड्काले बताउनुभयो । पहिलो पटक उत्पादित यस वर्षको स्याउ केही बिक्री गर्न समेत उहाँ सफल हुनुभयो ।


खड्काले बारीमा २०० वटा स्याउका बिरुवा लगाउनुभएको छ । परीक्षणका रूपमा पहिलो पटक स्याउको बिरुवा रोपेर हेर्दा फल लागेपछि उहाँको परिवारसहित गाउँले पनि दङ्ग परेका छन् । स्याउको बिरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्ने कसैले विश्वास गरेका थिएनन् । बिरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरे पनि उहाँले लगाउनुभएको स्याउ आठ महीनापछि नै फल्न थालेको हो ।

दाजुलाई उपचार गराउन भारतको हरियाणा गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउखेती गर्ने प्रेरणा आएको खड्काले बताउनुभयो । हरियाणाको तीव्र गर्मीमा पनि फलेको स्याउ देख्दा आफ्नो बारीमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि बिरुवा लगाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]