बैशाख ३१, २०८१ सोमबार

झापा सुपर लिग क्रिकेट शनिवारदेखि

काँकडभिट्टा । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा शनिवार विहानदेखि काँकडभिट्टा माविको मैदानमा प्रदेशमै पहिलो पटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुदैछ ।

आयोजक संस्थाका कोषाध्यक्ष चोलानाथ दाहालले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाए । मैदान मर्मत र मंच व्यवस्थापनको काम सकिएको जनाए । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले प्रतियोगिता उद्घाटन गर्दैछन । प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रिकेटरहरुको सहभागिता रहने जनाइएको छ । विर्तामोडको बोष्टर्न ब्लाष्टरबाट अल राउण्डर करण केसी खेल्दै छन्।

शिवशक्ति ग्रुपको रसोइ झापा सुपर लिगमा सहभागी टीमहरुले वोष्टर्नले झै अन्र्तराष्ट्रिय क्रिकेटरहरु समावेश गरेका छन्। टिममा एक जना राष्ट्रिय-अन्र्तराष्ट्रिय क्रिकेटर सहभागी गर्न पाउने प्रावधान अनुरुप अर्पण राई ओनर रहेको भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक वराल र आइकोनिक प्लेयरको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर मन्जित श्रेष्ठलाई खरिद गरिसकेको थियो । टोलीले पूर्व अन्र्तराष्ट्रिय अलराउन्डर मेहवुव आलमलाई अनुवन्धन गरेको छ ।

त्यस्तै सुमन प्रसाई, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा यु १९ का राष्ट्रिय खेलाडी अंकित सुवेदी र आइकोनिक प्लेयरमा पूर्व अन्र्तराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई खरिद गरेको थियो । राष्ट्रिय खेलाडीको रुपमा अन्र्तराष्ट्रिय क्रिकेटर अदिल अन्सारीलाई अनुवन्धन गरिएको टोलीले जनाएको छ ।

प्रवीण अग्रवाल र रिसभ मित्तल ओनर रहेको धुलावारी टाइगरले अन्र्तराष्ट्रिय क्रिकेटर गुल्सन झालाई अनुबन्धन गरेको छ । मार्की प्लेयरमा सुजन थपलिया र आइकोनिकमा दिपेश क“डेल छन्।

पूर्व क्रिकेटर लाक्पा लामा र मनोज पौडेलको टिम सनराइज का“कडभिट्टाले मार्की प्लेयरमा कमल खत्री र आइकोनिकमा फिरदोश अन्सारीलाई खरिद गरेको छ । यो टिममा सहभागी बन्ने राष्ट्रिय खेलाडी टुंगो लागेको छैन ।

प्रदेश १ मै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजार र उपविजेताले नगद १ लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशी काँकडभिट्टाका संचार उद्यमी बालकृष्ण थापाले प्रायोजन गरेका हुन् ।

प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार  ४ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]