बैशाख ३०, २०८२ मंगलबार

गठबन्धनलाई गाह्रो

सम्पादकीय
प्रतिगमनको नाममा गरिएको गठबन्धन असफल बन्ने निश्चित जस्तै भएको छ । देशभर गठबन्धनबाट दलीय भागवन्डा भइरहेको सुन्न पाइएको छैन । उम्मेद्वारी दर्ताको समय नजिक आउँदै गर्दा गठबन्धनभित्र सहमति हुने छाँटकाँट नै छैन । निर्वाचनको समयमा पनि गठबन्धन हुने कुरामा आशंका छ । झापामा हरेक दिन मिले जस्तो समाचार बाहिरिन्छ । तर, यथार्थमा गठबन्धनभित्र बैठक पनि सौहार्दपूर्ण बसिरहेको छैन । जिल्लामा नेपाली कांग्रेस गठबन्धनभित्रको ठुलो दल हो । तर, साना दलले गरिरहेको दावी पुरा गर्दा कांग्रेस नै हुस्सिने अवस्था बनिसकेको छ ।

झापा नेपाली कांग्रेसले पाँच पालिका प्रमुखमा विजयी हाासिल गरेको थियो । राप्रपा तीन पालिका र एमालेले ७ पालिका प्रमुखमा जीत हासिल गरेको थियो । ०७४ को निर्वाचनलाई विश्लेषण गर्ने हो भने झापामा माओवादीको शक्ति शुन्य हो । तर, पहिलो संविधानसभाको नतिजालाई पनि फर्केर हेर्ने हो भने माओवादी नै पहिलो शक्ति हो । विभिन्न समयको निर्वाचनमा आ–आफ्नै दलह शक्तिशली भएको तथ्य जुधाएर गठबन्धन नमज्जाले भाँडिएको छ । अहिले सहमति नजिक भनिए पनि यथार्थमा गठबन्धन सफल हुने दिशामा छैन ।

कांग्रेसले अघिल्लो निर्वाचन जितेका पालिकाहरु कुनै हालतमा नछोड्ने बताइरहेको छ । कांग्रेसले जितेको गौरादह, मेचीनगर, झापा गाउँपालिका, बाह्रदशी र बुद्धशान्ति नछोड्ने अडानमा रहेको बेला माओवादी र समाजवादी मिलाउन गाह्रो भइरहेको छ । माओवादीले विगतमाभन्दा संरचनागत सुधार गरेको दावी गरिरहेको छ । गठबन्धनमा सहमति नै गर्ने हो भने तालमेलमा सबै दलहरुलाई सम्मानपूर्ण व्यवहारको खाँचो छ । देशका विभिन्न भागमा कांग्रेसका कार्यकर्ताले विद्रोह शुरु गरिसकेका छन् । यो अवस्था बढ्न सक्ने खतरा बढेको छ । गठबन्धनभित्रको समस्या समाधान गर्ने हो भने आम मतदाताले हरेक दलका प्रतिनिधिलाई चुन्न दिनुपर्छ । स्वतन्त्र पूर्वक मतदान गर्ने वातावरण बनाउने हो भने गठबन्धन तोडिनुपर्छ । यसले खराव प्रवृत्तिलाई हावी गराउने खतरा हुन सक्छ ।

प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]