बैशाख ३१, २०८१ सोमबार

धुलावारी टाइगर्स र सनराइज काँकडभिट्टाको जीत

काँकडभिट्टा । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज का“कडभिट्टा विजयी वन्दै २-२ अंक जोडेका छन् ।

पहिलो खेलमा धुलावारी ४६ रनले विजयी भएको थियो । दोश्रो खेलमा सनराइज काँकडभिट्टा ६ विकेटले विजयी भयो । टस जितेर बोष्टर्नले व्लाष्टरले फिल्डिङ रोजेको थियो । व्याटिङको निम्तो पाएको धुलावारीले निर्धारित २० ओभरमा ९ विकेटको क्षति व्यहोर्दै १ सय ७५ रन बनाएको थियो ।

अन्र्तराष्ट्रिय खेलाडी गुल्सन झाले सर्वाधिक ५२ रन बनाए । प्रवेश कामतीले १४ वलमा २६ रन जोडे । बलिङमा वोष्टर्नका सुनिल आचार्यले सर्वाधिक ३ विकेट झारे । धुलावारीले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याउदै मैदान आएको बोष्टर्न १८ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो । ओपनर दिपु भुजेलले सर्वाधिक ३० र राष्ट्रिय खेलाडी मिनास थापाले २४ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

वलिङमा धुलावारीका ज्ञानेन्द्र श्रेष्ठ ३ र दिपेश कडेलले २ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच विजेता टीमका गुल्सन झा भए । दोश्रो खेलमा टस जितेर व्याटिङ रोजेको भद्रपुर २० ओभरमा सवै विकेटको क्षति व्यहोर्दै १ सय ३७ रनमा समेटियो । मन्जित श्रेष्ठले अविजित ७९ रन र रुपक वरालले ३४ रन वाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् ।

वलिङमा सनराइज काँकडभिट्टाका आयुष नेउपाने , सन्दिप ढुंगाना र फिरदोज अन्सारीले २-२ विकेट झारे । प्रत्युत्तरमा सनराइज काँकडभिट्टाले १६ दशमवल ५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । जसमा ओपनर भूपाल दंगालले अविजित ५१ र सन्दिप ढुंगानाले ३८ रनको योगदान दिए । सन्दिप प्लेयर अफ दि म्याच पनि भए । भद्रपुरका शौजन घिमिरे र आशिक राना मगरले २-२ विकेट लिए ।
सोमवारको पहिलो खेल विराट वरियर्स र धुलावारी टाइगर तथा दोश्रो खेल बोष्टर्न व्लाष्टर र सनराइज काँकडभिट्टावीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार  ५ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]