जेष्ठ १, २०८२ बुधबार

‘झापामा कांग्रेस माओवादीको पोजिशन ५८–४२ हो, सहमतिका लागि ७०–३० को अडानमा छौं’

बिर्तामोड । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य एवम् झापा इञ्चार्ज सिपी कडरियाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने बताएका छन् । उनले प्रतिगमन विरुद्ध एक ठाउँमा उभिएका दलहरु गठबन्धनबाटै निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।
उनले झापामा गठबन्धनभित्र भइरहेका प्रगतिका बारेमा जानकारी दिदैं गठबन्धनलाई बलियो बनाएर लैजान सबै प्रतिबद्ध हुनुपर्ने धारणा प्रकट गरेका छन् ।

सबैका आ–आफ्ना अडान छन्, कडरियाले भने – गठबन्धनलाई अघि बढाएर लैजान सबैले पुर्नविचार गर्नुको विकल्प छैन । माओवादी हिजोकै अवस्थामा नरहेका कारण आफुहरुको माग व्यवहारिक भएको दावी गरेका छन् । स्थानीय चुनावका लागि मात्रै गठबन्ध नगरिएको स्मरण गर्दै माओवादी झापाका सहइञ्चार्ज समेत रहेका कडरियाले सबैले सबैलाई सम्मान गरेर जाने अवस्था भएमा सहमति टाढा नभएको उनको भनाई छ ।

०७४ को निर्वाचनमा माओवादीले जितेको वडाभन्दा अहिले एक्लै चुनाव लढ्दा पनि तीन गुणा जीत हासिल गर्ने अवस्था छ, उनले थपे – त्यसैले हाम्रो माग अव्यवहारिक छैन ।

०७४ को निर्वाचनमा कांग्रेस माओवादीको पोजिशन ५८-४८ भएको जानकारी दिदैं उनले गठबन्धनलाई अघि बढाएर लैजाने सवालमा सहमतिका लागि ७०-३० को अडान राखेको बताए । झापामा गठबन्धनलाई बलियो बनाएर लैजाने सवालमा सबै प्रतिबद्ध भए पनि सार्वजनिक भएका अभिव्यक्तिले समस्या हुने उनको तर्क थियो ।

केन्द्रीय कार्यदलको ७ बुँदे निर्देशन बमोजिम अघि बढ्ने हो भने समस्या रहँदैन, तर कांग्रेसले एउटा बुँदा मात्रै समातेका कारण सहमति हुन सकिरहेको छैन, कडरियाले थपे ।

प्रकाशित मिति : बैशाख ४, २०७९ आईतबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]