चैत्र १६, २०८० शुक्रबार

विराट र सनराइज विजयी

काँकडभिट्टा । बिराट वरियर्स र सनराइज का“कडभिट्टाले ‘रसोइ झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता विजयी भएका छन्। सोमवारको निक्कै रोमाञ्चक खेलमा यी दुई टोली विजयी बनेका हुन ।

पहिलो खेलमा विराटले धुलावारी टाइगरलाई १८ रन पराजित गरेको थियो । दोश्रो खेलमा बोष्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हराउदै ४ अंक जोडेको छ ।

विराटले २० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो विवेक यादवले ३५ वल खेलेर ८१ रन बनाएका थिए । अंकित सुवेदीले ४७, सोनु अन्सारीले २५ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए । बलिङमा गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कडेलले १-१ विकेट लिए ।
विराटले दिएको लक्ष्य पुरा गर्न मैदान आएको धुलावारी सवै विकेट गुमाएर १ सय ९१ रनमा समेटियो । धुलावारीका लागि गुल्सन झाले सर्वाधिक ४९ तथा मुकुन्द यादवले २७ र सुजन थपलियाले २३ रन जोडे । बलिङमा अंकित सुवेदीले ३ तथा अनिष लुइटेलले २ विकेट झारे । विजेता टोलीका विवेक प्लेयर अफ दि सिरिज वने ।

दोश्रो रोमाञ्चक खेलमा सनराइज सामु वोष्र्टन ६ विकेटले पराजित भयो । पराजित बन्यो । बोष्टर्नले २० ओभरमा ४ विकेट मात्रै गुमाउ“दै १ सय ९० रनको योगफल बनायो । करणको ७६ वाहेक दिपु भुजेलले ३९ र विधान गोश्वामीले ३२ रन जोडे । बलिङमा सनराइजका फिरदोज अन्सारीले २ तथा कमल खत्री र शुभांकर उरावले १-१ विकेट लिए ।

बोष्र्टनको शानदार योगफललाई सनराइजले १९ दशमवल ४ वलमा ४ विकेटको क्षति व्यहोर्दै जित निकाल्यो । सन्दिप ढुंगानाले ७८ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच पनि बने । प्रतियोगिताको मुख्य प्रायोजक रसोइ तोरी तेलका झापा प्रतिनिधि बजरंग गोयलले पुरस्कार हस्तान्तरण गरे । भुलाल दंगाल र फिरदोज अंसारी २८-२८ तथा शुभांकर उरावले २१ रन जोडे ।

वोष्टर्नका वलरहरु विधान गोश्वामी र राहुल पाठकले २-२ विकेट झारे । मंगलवारको पहिलो खेल भद्रपुर राइजिङ किङका विरुद्ध धुलावारी टइगर र दोश्रो खेल वोष्टर्न व्लाष्टरका विरुद्ध विराट वरियरविच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]