बैशाख १४, २०८१ शुक्रबार

गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष थापाद्वारा राजीनामा

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष पदबाट लिखित राजीनामा दिएका हुन् ।

राजिनामा पत्र मा उनले झापा जिल्लाको गौरीगंज गाउपालिकामा २०७२ सालको संविधान अनुसार संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुक गए पश्चात सो व्यवस्थाको कार्यन्वयन गर्नका लागि मुलकमा २०७४ साल असार १४ गते प्रथम स्थानीय तहको निर्वानमा सोहि सालको असार २३ गतेको अन्तिम परिणाम पश्चात निर्वाचन आयोग समक्ष मिति २०७४/०३/२६ गते सफतग्रहण गरि यस पालिकाको उपाध्यक्ष पदमा रहि हालसम्म निरन्तर कार्य गर्दै आएकोमा हाल आएर २०७९ साल वैशाख ३० गते नेपाल सरकारले निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचनको मिति समेत तोकेको कारणले गर्दा २०७८ चैत्र ३० गते देखी कार्यलयमा उपस्थित नहने गरि यो राजिनामा सम्मानित अध्यक्ष समक्ष पेश गर्दछु भनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार  २ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]