चैत्र १६, २०८० शुक्रबार

शिवसताक्षी कांग्रेसका विद्रोह : कांग्रेसका केन्द्रीय र क्षेत्रीय प्रतिनिधी राप्रपाको उम्मेद्वार

शिवसताक्षी । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा कर्मचारी युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका छत्रबाबु ओझा राष्ट्रिय प्रजातन्त्र पार्टीको शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।

लामो समय नेपाली कांग्रेसमा सक्रिय राजनीतिक गरेका ओझा पछिल्लो समय शिवसताक्षीमा नेपाली कांग्रेसले एकऔटी गुठ चलाएको भन्दै राप्रपामा प्रवेश गरी वडाध्यक्ष पदमा उम्मेद्वारी भएका हुन् । उनले विचार नै नमिल्ने माओदीलाई बोकेको भन्दै कांग्रेस परित्याग गरेर राप्रपाबाट उम्मेद्वारी दिएका छन् ।

नेपाली कांग्रेस शिवसताक्षीमा पार्टी एउटा व्यक्तीको मुठीको भर चलाएकाले मैले नेपाली कांग्रेसमा आजसम्म दिएको योगदानलाई थाती राख्दै देश निर्माणको अभियानमा लागेको राप्रपालाई रोज्न पुगेको बताए । उनले २०३५ सालमा नेपाली कांग्रेसको सदस्यता लिई निरन्तर पार्टी रही कर्मचारी युनियनको पूर्व केन्द्रीय सदस्य, साविक सतासीधाम गाविस सचिव भई आम नागरिकका लागि काम गरेका थिए ।

विंस.२०७३ सालमा सरकारी सेवाबाट सेवा अवकास भई पार्टीमा सक्रिय लागेको उनको भनाई छ । तर पछिल्लो समय पार्टीमा गुट चलाई एकलौटी निर्णय गरी अघि बढ्न थालेपछि राप्रपा रोज्नु बाध्यता रहेको उनले बताए ।

शिवसताक्षी नगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नं. ८ बाट वडाध्यक्ष टुंगो लागेका रुद्रमणी भट्टराई नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । उनी गएको २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस शिवसताक्षीका मेयर पदका आकांक्षी समेत हुन् ।

हाल गुटको राजनीति पार्टीमा मौलाएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी वडाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको स्वयम उनी बताउँछन् । राप्रपाले शिवसताक्षीमा मेयर, उपेयर सहित ८ वडा वडाको वडाध्यक्ष पदका उमेद्वारको नाम टुंगो लागेको जनाएको छ ।

त्यस्तै वडा नं. १ को वडाध्यक्षमा टिका राम घिमिरे, वडा नं. ४ मा रुद्रगोपाल शर्मा, वडा नं. ५ मा कृष्णप्रसाद बाँस्कोटा, वडा नं. ६ मा चन्द्रमणी पौडेल, वडा नं. ७ मा सुमन लिङ्देन, वडा नं. ८ मा रुद्रमणी भट्टराई र वडा नं. ११ मा छत्रबाबु ओझाको नाम सिफारिस भएको हो ।
नगरका ३ वडाहरुको वडाध्यक्ष पदका उम्मेद्वारको नाम अन्तिम टुंगो लाग्न बाँकी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नगर समितिले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  १२ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]