जेष्ठ ५, २०८१ शनिबार

यी हुन् बिर्तामोड, दमक, गौरादह, भद्रपुर र कनकाईका प्रमुख–उपप्रमुखका उम्मेद्वार

भद्रपुर -नेकपा एमालेले भद्रपुर नगरको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ ।
उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।

एमालेले दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ । पार्टीक प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।

नेकपा एमालेले विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाउने भएको छ ।
प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार उपमेयरमा नरेन्द्र संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

एमालेले गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार वडा नं ५ का अध्यक्ष सुवेदीलाई मेयर बनाउने निर्णय गरिएको हो ।

नेकपा एमालेले कनकाई नगरपालिका प्रमुख र उपप्रम्ुाखमा हालकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]