अर्जुनधाराको मेयरमा गोम्देनको प्रतिष्पर्धी कोहि छैन : नेता खरेल
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले अर्जुनधारामा बलदेव गोम्देनको प्रतिष्पर्धी कोहि नभएको बताएका छन् । सोमवार शनिश्चरेमा आयोजित उम्मेद्वार घोषणा सभालाई सम्बोधन गर्दै नेता खरेलले बलदेवको प्रतिष्पर्धीको कोहि नभएको दावी गरे ।

मनोनय दर्ता गर्नुअघि आयोजित सभामा उनले नेकपा एमालेको सर्वसम्मत उम्मेद्वार गोम्देनसहित ५७ जनाको जीत सुनिश्चित भएको बताएका थिए । एमालेको नेतृत्वमा अर्जुनधाराका जनताले पाँच वर्षमा धेरै विकास पाएको सुनाउँदै अबको पाँच वर्ष अर्जुनधारामा कायापलट गर्न बलदेव गोम्देनको नेतृत्व आवश्य रहेको बताएका थिए । आसन्न निर्वाचनमा एमालेबाट उम्मेद्वार बनेका सबै व्यक्तिलाई मतदान गर्न खरेलले आग्रह गरेका छन् ।
कार्यक्रममा मेयर पदका उम्मेद्वार गोम्देनले अर्जुनधाराबासी नागरिकको संमृद्धिका लागि उम्मेद्वारी दिएको बताएका छन् । वडाको जिम्मेवारीमा बसेर पनि नगरको विकासमा योगदान गरेको भन्दै उनले आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा समृद्ध अर्जुनधारा, खुशी अर्जुनधाराबासीको अवधारण अघि सारेको बताए । निर्वाचन जितेर सघन शहरी योजना ल्याउने भन्दै नगरमा योजना आयोग गठन गरेर विकास योजना सञ्चालन गर्ने गोम्देनको भनाई थियो ।
उनले भने – पाँच वर्षमा अर्जुनधारा बदलेका छौं, अबको पाँच वर्षमा नेपालकै नमूना नगर बनाउन लाग्नेछु । नमूना नगर निर्माणका लागि सबैको सहयोग खाँचो हुने बताएका छन् । अर्जुनधारामा एमालेबाट उपमेयरमा खड्गमाया पराजुलीले उम्मेद्वारी दर्ता गराएकी छन् ।
यस्तै, वडा नं. १ को वडाध्यक्षमा विष्णुलाल ढकाल, २ को वडाध्यक्षमा तुलसी प्रसाद खतिवडा, ३ को वडाध्यक्षमा हरि बहादुर वाग्ले, ४ को वडाध्यक्षमा एकदेव खनाल, ५ को वडाध्यक्षमा डम्बर कुमार घिमिरे, ६ को वडाध्यक्षमा दिवाकरलाल चौधरी, ७ को वडाध्यक्षमा गोविन्दप्रसाद खतिवडा, ८ को वडाध्यक्षमा कुमार प्रसाद उप्रेती, ९ को वडाध्यक्षमा नगेन्द्र बहादुर राई, १० को वडाध्यक्षमा भूपेन्द्र न्यौपाने र ११ को वडाध्यक्षमा खगेन्द्र इङ्नामसहित सदस्यहरुले उम्मेद्वारी दर्ता गराएका छन् ।