जेष्ठ ३, २०८२ शुक्रबार

आजदेखि मतपत्र ढुवानीको काम सुरु हुने

झापा । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।

आयोगमा सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि आजदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिए । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उनको भनाई छ । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले आचारसंहिता पालना नगर्ने राजनीतिक दल र उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दोहो¥याएको छ । आचारसंहिता विपरीत हुने गरी कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, आयोगले तोकेको साइजमा मात्रै अनुमति प्राप्त गाडीमा झण्डा राख्न, जुलुस, आमसभा, ¥याली नगर्न आयोगले चेतावनी दिएको छ ।
यस्तै चुनावमा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरीत हुने गरी सम्बन्धित दलको चुनाव चिह्न, झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने आयोगले चेतावनी दिएको छ ।

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]