बैशाख २१, २०८१ शुक्रबार

गठबन्धनका कारण झापाका १० पालिकामा महिला उम्मेद्वार बन्नबाट बञ्चित

बिर्तामोड । झापामा सत्तारुढ गठबन्धनका कारण संविधानले दिएको अधिकारबाट महिलाहरु बञ्चित भएका छन् । प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्थालाई कुल्चदै गठबन्धनले झापाका १० पालिकामा प्रमुख-उपप्रमुख नै पुरुष उम्मेद्वार बनाएको छ ।

भागवण्डामा सहमति जुट्न नसकेपछि झापामा दुई दलीय गठबन्धन छ । कांग्रेस र माओवादी केन्द्रले जिल्लाका १० पालिकामा महिलालाई प्रमुख-उपप्रमुख बन्नबाट अवरोध गरेको छ ।

गठबन्धनका तर्फबाट मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, भद्रपुर, बाह्रदशी, कमल गाउँपालिका, गौरादह, शिवसताक्षीमा प्रमुख-उपप्रमुख नै पुरुषलाई उम्मेद्वार बनाएका छन् । गठबन्धन नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने थिए ।
हल्दिवारी, कचनकवल र झापा गाउँपालिकामा गठबन्धनमा सहमति नभए पछि दुवै दलले उम्मेद्वार तर्दा गराएका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]