बैशाख १३, २०८१ बिहीबार

गौरादह एमाले जनताको घरघर जाने तयारीमा

राजु पोखरेल
गौरादह । नेकपा एमाले गौरादह घरदैलो अभियान सञ्चालनको तयारीमा जुटेको छ । मतदाताको घरघरमा पुगेर भोट माग्ने र जनताको समस्या सुन्ने गरी घरदैलो अभियान शुरु गर्न एमाले आन्तरिक छलफलमा जुटेको छ ।

सशक्त ढंगले स्थानीय मतदातामा जाने तयारीमा जुटेको नेकपा एमाले गौरादहले जनाएको छ । मंगलबार सम्पन्न वडा कमिटीहरुको बिस्तारित बैठकले यस्तो अभियानबारे विमर्श गरेको हो ।

मंगलबार वडा नम्बर १, २, ३ र ४ नम्बरको बिस्तारित बैठक सम्पन्न भएको छ । बिस्तारित बैठकमा एमाले झापाका अध्यक्ष दिपक कार्की, प्रदेश कमिटी सचिवालय सदस्य अमरदास शिवाकोटी, प्रदेश कमिटी सदस्य योगराज दाहाल, मदन अधिकारी, गौरादहका मेयरका उम्मेद्वार छत्रपति सुवेदी, उपमेयर जल वर्षा राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

वडा कमिटी वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारी , २ का अध्यक्ष डिल्लीराम काफ्ले , ३ का अध्यक्ष गजेन्द्र घिमिरे र ४ का अध्यक्ष दुर्गामणि बस्नेतले बैठकमा छलफल चलाएका थिए । एमाले झापा अध्यक्ष दिपक कार्कीले चुनावको नतिजा आफ्नै पक्षमा हुने भन्दै थप तयारीमा जुट्न, सबै वर्ग र क्षेत्रमा पुगेर प्रभावकारी प्रचार–प्रसार गर्न निर्देशन दिए ।

बैठकले एमाले सशक्त रुपमा स्थानीयसम्म जानका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकले युवा परिचालन समिति, प्रचार–प्रसार समिति लगायतका उपसमिति समिति गठन गरेको छ ।

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]