बैशाख २१, २०८१ शुक्रबार

प्रदेश १ मा कम्तिमा ९५ पालिका जित्ने एमाले प्रदेश अध्यक्षको दाबी

विराटनगर– नेकपा एमालेका प्रदेश अध्यक्ष तुलसी न्यौपानेले एमालेले प्रदेश १ का ९५ पालिका जीत्ने दावी गर्नुभएको छ ।

सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी बहसमा कुरा गर्दै न्यौपानेले प्रदेश १ का १ सय ३७ पालिका मध्ये ९५ पालिका एक्लै जित्ने दाबी गर्नुभएको हो । गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘गठबन्धनमा जात्रा छ, हिजै मनोनयनमा हेर्नुभएन, ठाँउ ठाँउमा झडप भएर प्रहरी बोलाउनुपरेको ।’

अध्यक्ष न्यौपानेले गठवन्धन अपवित्र भएकाले जनताले गठवन्धन नमान्ने जिकिर गर्नुभयो । उहाँले एमालेले समावेशी उमेदवार उठाएको बताउनुभयो । प्रदेश १ का १० पालिकामा महिला प्रमुख उठाउने पार्टी एमालेमात्र भएको अध्यक्ष न्यौपानेको दाबी छ ।

गठवन्धनले प्रमुख उपप्रमुख दुवै पदमा पुरुष नै उठाएर महिला प्रतिनिधित्व नगराउन खोजेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]