बैशाख १५, २०८१ शनिबार

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न प्रदान गरिने

काठमाडौं । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि  छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । 

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । 

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।

८ घण्टा बित्दा पनि देशभरि कतिजनाको उम्मेदवारी पर्‍यो भन्ने यकिन विवरण संकलन गर्न निर्वाचन आयोग असफल भएको छ।  मंगलबार राति ९ बजेसम्म १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता भएको विवरण प्राप्त भएको जानकारी आयोगले दिएको छ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]