बैशाख २१, २०८१ शुक्रबार

एमाले मेचीनगरको प्रतिवद्धता पत्र सार्वजनिक

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो ।

एमालेले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, उद्योग व्यापार, कला साहित्य, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १३ बुँदालाई समेटेर १६७ पृष्ठमा प्रतिवद्धता पत्रमा समेटेको छ ।

नेकपा एमाले निरोगी नगर, स्वस्थ नगरबासी भन्ने बुँदामा बिभिन्न २३ उपबुँदा समेटेको छ । जस अन्तरगत नगरवासीलाई निशुल्क स्वास्थ्य सेवा, आर्थिक अभावका कारण नगरमा कोही पनि उपचारबाट बन्चित हुन नपरोस भनेर निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी पोषणको घरघरमै व्यवस्था गर्ने, मिर्गाैला प्रत्यारोपण तथा मुटु मस्तिष्कघात र क्यान्सर जस्ता जटिल रोगको उपचारमा नगरबाटै सहयोग गर्ने लगायतका २३ बुँदा समेटेको छ भने शिक्षातर्फ गरिवलाई डाक्टर तथा इन्जिनियर पढाउने बाचा गरेको छ ।

एमाललेले यस बुँदामा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्ने नगरमा सञ्चालित मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटमा आर्किटेक्चर र आइटी विषयमा इन्जिनियरिङको डिब्लोमा अध्ययन गर्न चाहने हरेक वडाका २ जना गरी ३० जनालाई निःशुल्क शिक्षाको प्रवन्ध मिलाउने भएको छ ।

त्यसैगरी सीमान्तकृत समुदाय र विपन्न वर्गका मेधावी विद्यार्थीलाई एमबीबीएस र बीई अध्ययन गर्न निश्चित मापदण्ड छात्रवत्तिको व्यवस्था गर्ने लगायतका २६ बुँदामा समेटेको छ ।

मेचीनगरको समृद्धिको लक्ष्यको साथ आधुनिक र व्यवसायिक कृषिमा जोड दिँदै २४ बुँदे कृषि कार्यक्रम समेटेको छ । एमालेले सामाजिक सुरक्षा भत्ता अव घरघरमा पुर्याउन उद्घोष गरेर जेष्ठ नागरिकहरुको भावनालाई सम्बोधन गरेको छ ।

विगतको कमिकमजोरीबाट पाठ सिकेर जनताको विश्वास जित्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोइरालाले बाताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले केन्द्रको धेरैकुरा केन्द्रको घोषणा पत्रमा समेटिएको र त्यसमा नभएका कामलाई स्थानीय स्तरमा सम्बोधन हुने गरी कार्यक्रम बनाइएको बताए । झट्ट हेर्दा महत्वकांक्षी जस्तो देखिने प्रतिवद्धतालाई एमाललेले आँफूहरुले जितेको खण्डमा सवै कार्यक्रमहरु पुरा गर्ने प्रतिवद्धता जनाएको छ ।

सो अवसरमा मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी र उपमेयरकी उम्मेद्वार मीना पोखरेल उप्रेतीले आफूहरु योजना कार्यान्वयनमा प्रतिवद्ध भएर लाग्ने उद्घोष गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सल्लाकार परिषद सदस्यहरु विष्णु प्रसाई, हरिचरण बानियाँ, भीम खवास, प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारी, राजु कार्की, सांसद श्रीप्रसाद मैनाली, एमाले क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्दनकुमार मुण्डा लगायतले प्रतिवद्धता पत्र संयुक्त रुपमा सार्वजनिक गरेका थिए । प्रतिवद्धता पत्रको बाचन नेकपा एमालेका जिल्ला कमिटी सदस्य मोहन काजीले गरेका थिए ।

कार्यक्रमका सभापति, नगर अध्यक्ष राजु पोखरेलले कार्यक्रमको औचित्यमपथ प्रकास पार्दै स्वागत गरेका थिए । सञ्चालन नगर कमिटीका उपसचिव जगन भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]