जेष्ठ २, २०८२ बिहीबार

झापामा १३९ जनाको उम्मेद्वारी फिर्ता

झापा । झापामा बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता गर्नेहरुमध्ये १३९ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार १५ स्थानीय तहबाटै उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएका छन् । जिल्लामा सबैभन्दा कम कमल गाउँपालिकाका उम्मेद्वारले फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार कनकाईमा ११ जना, शिवसताक्षीमा ११, दमक १३, गौरीगञ्ज ३, गौरादह ८, कमल १, झापा २, बाह्रदशी ३, हल्दिवारी ३, कचनकवल ७, अर्जुनधारा २०, बुद्धशान्ति १६, मेचीनगर १६, बिर्तामोड १७ र भद्रपुरमा ५ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । फिर्ता लिनेहरुमा प्रमुख÷उपप्रमुखदेखि वडा सदस्य समेत रहेका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]