जेष्ठ २, २०८२ बिहीबार

झापाका स्वतन्त्र उम्मेद्वारलाई चुनाव चिन्ह : जेब्रादेखि आँपसम्म

बिर्तामोड । झापाका १५ स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारी दिने उम्मेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जिल्लाका स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिन्ह उपलब्ध गराएको हो । सो चिन्हका आधारमा स्वतन्त्र उम्मेद्वारहरुले चुनावी प्रचार शुरु गरेका छन् ।

झापामा स्वतन्त्र उम्मेद्वारहरुलाई जेब्रा, खरायो, भुईकटहर, गुलाफको फुल, पुतली, दुई भुइकटहर, मुडा, खानेपानीको धारा, व्याडमिन्टनको कर्क, लौरो, हाँस, कैचीं, दुईवटा गुलाफको फुल, दुई हाँस र आँप चुनाव चिन्ह उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

झापाको भद्रपुरमा ४, झापा ९, कनकाई १०, गौरीगञ्ज १३, कमल ७, शिवसताक्षी ३, गौरादह १३, बाह्रदशी ८, बुद्धशान्ति ५, हल्दिवारी २, मेचीनगर १३, अर्जुनधारा ३, दमक १६ र बिर्तामोडमा ८ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]