बैशाख २४, २०८१ सोमबार

एमाले तीनै तहको सरकारमा पुनर्स्थापित हुन्छ र राष्ट्रको अभिभारा पूरा गर्छ : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको सरकारमा एमाले पुनर्स्थापित हुने बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले सो भनाइ सार्वजनिक गरेका हुन् ।

संवैधानिक संस्थाहरूलाई असंवैधानिक रूपमा दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको दाबी गर्दै ओलीले भनेका छन्, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्‍यायो ।’

‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौँ,’ ओलीले भनेका छन् ।

प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]