बैशाख २१, २०८१ शुक्रबार

मेचीनगर एमालेको घरदैलो : जनताको कुरा सुन्दै, भोट माग्दै

मेचीनगर । स्थानीय तहको बागडोर समाल्न हतारो भएका उम्मेद्वारहरुले जनताको समस्याहरु सुन्दै घर–घरमा पुगेर भोट माग्न थालेका छन् ।

चुनाव आउन अब १२ दिन मात्र बाँकी रहदा नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरु भोट माग्न जनताको घर–घरमा पुग्न थालेका हुन् ।

आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले शुक्रबारदेखि घरदैलो अभियान सुरु गरेको थियो । साविक दुहागढीका सवै वडा हाल मेचीनगरको १४ नम्बर वडामा उम्मेद्वार सहित पार्टीले पहिलो घरदैलो अभियान सुरु गरेको हो ।
नगरप्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेती, वडा नम्बर १४ का वडाध्यक्षका उम्मेद्वार शंकर पोखरेलसहित र कार्यकर्ताहरुले घरदैलो गरेका थिए ।

त्यस्तै शनिबार मेचीनगरको १५ नम्बर वडामा उम्मेद्वार सहित पार्टीले घरदैलो अभियान गर्यो । नगरप्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेती, वडा नम्बर १५ का वडाध्यक्षका उम्मेद्वार मुरलिधर कोइरालासहित र कार्यकर्ताहरुले घरदैलो गरेका थिए । सोमबार मेचीनगर–१३ नम्बर वडामा घरदैलो अभियान रहेको एमाले मचीनगर प्रचार प्रसार समितिले जनाएको छ ।

आइतबार मेचीनगरको १० नम्बर वडामा उम्मेद्वार सहित पार्टीले घरदैलो अभियान गरेको छ । नगरप्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेती, वडा नम्बर १० का वडाध्यक्षका उम्मेद्वार नारायण खनालसहित, नेता तथा कार्यकर्ताहरुले घरघरमा पुगेर जनताको समस्याहरु सुन्दै भोट मागेका थिए ।

तीन वटौ वडाको घरदैलो कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्यद्वय विष्णु प्रसाई, भीम खवास, संविधान सभा सदस्य मानसिंह राजबशी, महिला नेतृहरु रेणुका डाँगी उप्रेती, जानुका ओली, संगीता थापा, जीवन सापकोटा, जीवन प्रसाई, धमेन्द्र खड्का, मणिराम खतिवडा लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]